२७ जेठ २०८३, बुधबार

भड्किलो पोशाकमा विश्वकप हेर्न पुगे पोर्न स्टारहरू, फ्यानहरूले भने–सुध्रनुहोस् नत्र गिरफ्तारीमा पर्नुहोला

मंसिर १९, २०७९
भड्किलो पोशाकमा विश्वकप हेर्न पुगे पोर्न स्टारहरू, फ्यानहरूले भने–सुध्रनुहोस् नत्र गिरफ्तारीमा पर्नुहोला

कतारमा विश्वकपको रोमाञ्चक खेल जारी छ । यसैबीच खेल हेर्न त्यहाँ पुगेका स्टारहरू पनि चर्चामा छन् । विशेषगरी पोर्न (एडल्ट) स्टारको चर्चा जताततै छ । उनीहरू सबैजना उत्तेजक पोशाक लगाएर खेल हेर्न रंगशाला पुगेका छन् ।

यसै एपिसोडमा बेलायतकी एडल्ट स्टार एस्ट्रिड वेट निकै आपत्तिजनक पोशाक लगाएर म्याच हेर्न पुगिन् । उनी चेल्सी र इंग्ल्याण्डको ठूलो फ्यान हुन् । उनी वयस्क वेबसाइटमा धेरै लोकप्रिय छिन् ।

अस्ट्रेलिया र अर्जेन्टिनाबीचको खेलका क्रममा उनी निकै उत्तेजक पोशाक लगाएर खेल हेर्न गएकी थिइन् । रंगशाखाका तस्विरहरू उनले आफैँले आफ्नो ट्विटर ह्यान्डलमा शेयर गरेकी छन् । तर, अहिले उनका फ्यानहरू यो देखेर निकै चिन्तित छन् । मानिसहरूले उनलाई यस्तो लुगा लगाएमा उनलाई त्यहाँ पक्राउ गर्न सक्ने चेतावनी दिएका छन् ।

एक व्यक्तिले उनलाई ट्वीट गरे, ‘एस्ट्रिड यो कतार हो, इंग्ल्याण्ड होइन ।’ अर्का फ्यानले लेखेका छन्, ‘आफूलाई ढाक्नुहोस्, अरू देशको नियम र संस्कृतिको सम्मान गर्नुहोस् ।’

कतारको सरकारले विश्वकपअघि पुरुष र महिलाले सार्वजनिक स्थानमा उत्तेजक कपडा नलगाउन र स्थानीय संस्कृतिको सम्मान गर्ने अपेक्षा गरेको बताएको छ ।

विश्वकप शुरु हुनु अघि एडल्ट स्टार एस्ट्रिड भेटले एउटा बेडरूम सेल्फी शेयर गरेकी थिइन् । जहाँ उनको हातमा विश्वकप ट्रफी थियो । 

पूर्व मिस क्रोएशिया तथा मोडल इभाना नोल लगातार हरेक खेलमा आपत्तिजनक पोशाक लगाएर पुगिरहेकी छिन् । उनीहरूमाथि कारबाही हुन सक्ने बताइएको छ । यद्यपि, नोलले आफू गिरफ्तारीबाट नडराएको बताएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्