
मानिसले प्रकृतिको नियमविरुद्ध गए के हुन्छ ? पक्कै पनि त्यसले समस्या निम्त्याउँछ वा जीवन नै समाप्त हुन्छ । बारामा यस्तै एउटा घटना भएको छ । एक जना १३ वर्षीय बालकले आफूसँग अप्राकृतिक मैथुन गरेका युवकको हत्या गरेका छन् ।
बारा कोहल्बी नगरपालिका–११ रामकुरुवाका ४० वर्षीय परीक्षण चौधरीले छिमेकी बालकसँग अप्राकृतिक सम्बन्ध स्थापित गरेका थिए । ती बालकले चौधरीको मंसिर १३ गते राति हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले बताए ।
‘उनीहरूबीच अप्राकृतिक सम्बन्ध भएपछि हत्या गरेको देखिएको छ’, एसपी बोगटीले लोकान्तरसँग भने ।
यसरी भएको थियो घटना
उनीहरू दुवै जनाले मंसिर १३ गते राति गाउँकै रामपुकार चौधरीको खाजा, नास्ता पसलमा रक्सी सेवन गरेका थिए । रक्सी सेवा गरिसकेपछि त्यहाँबाट घर हिँडेका परीक्षणले बालकलाई मलद्वारमा २ पटक सम्बन्ध राखे । आफूलाई अप्राकृति सम्बन्ध राखेपछि पीडा महसुस गरेका बालकले प्रतिकार गरे । आफूले प्रतिकार गर्दा परीक्षणको मृत्यु भएको बालकले प्रहरीलाई बयान दिएका छन् ।
‘मलाई २ पटक गर्यो असाध्यै पीडा भएपछि मैले उसलाई हिर्काएँ, उ बेहोस भएपछि मैले मर्यो भन्ने ठानेर फेरि चिपर्ट दाउराले हानेको हुँ’, भन्ने बयान दिएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले लोकान्तरलाई भने ।
एसपी बोगटीका अनुसार बालकले हत्या गरेर परीक्षणको शव पानीको चापाकल बनाउन खनेको खाल्डोमा पुरेर घर फर्किएका थिए । १४ गते बिहान स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धानका क्रममा प्रहरीले बालकको संलग्नता देखिएपछि नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा रहेका बालकले हत्याको कारण अप्राकृतिक सम्बन्ध रहेको प्रहरीलाई बताएका हुन् ।
प्रहरीले घटनास्थलबाट सिसौंको दाउरा, कोदालो, रगत लागेको पहेलो रङ्गको बोरा, चप्पल, रगत लागेको ज्याकेट, हाफ पाइन्टलगायतका सामान बरामद गरेको जनाएको छ ।