२८ जेठ २०८३, बिहीबार

नेप्से परिसूचक २४.४६ अंकले गिरावट

मंसिर १९, २०७९
नेप्से परिसूचक २४.४६ अंकले गिरावट

निरन्तर रूपमा उतारचढाव भइरहेको नेप्से परिसूचक साताको दोस्रो कारोबारका दिन (सोमवार) पनि उच्च अंकले गिरावट आएको छ । सोमवार नेप्से परिसूचक २४.४६ अंक घटेर १९३८.७६ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.१९ अंक, फ्लोट इण्डेक्स १.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंक घटेको छ ।

सोमवार कारोबारमा आएका २४० कम्पनीको ४१ लाख २७ हजार कित्ता शेयर १ अर्ब ६७ करोड ४ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आइतवार १ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएकोमा सोमवार १ अर्ब ६७ करोडको कारोबार भएको छ ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशत घटेको छ । त्यस्तै, वित्त उपसमूहको परिसूचक २.२८ प्रतिशत घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

सोमवार सयपत्री हाइड्रोपावरको शेयरमूल्य ३.१२ प्रतिशत बढेको छ । त्यस्तै,अजोड इन्स्योरेन्सको शेयरमूल्य ७.३७ प्रतिशत घटेको छ । त्यसैगरी, ओरियन्टल होटल र युनाइटेड इन्स्योरेन्सको मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ । कारोबार रकमका आधारमा रिडी पावरको ३० करोड ८३ लाख ५७ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्