
एसियाली देश जापानलाई हराउँदै क्रोएसिया विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा जापानलाई क्रोएसियाले ३–१ ले पराजित गरेको हो । कतारस्थित अल जानुब स्टेडियममा सोमबार राति भएको प्रतिस्पर्धामा निर्धारित ९० मिनेट र अतिरिक्त समयमा समेत १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
खेलमा क्रोएसियाका गोल किपर नायक बने । उनले जापानी खेलाडीले प्रहार गरेको पेनाल्टी क्याच गरिदिएका थिए ।
हारसँगै जापानको क्वार्टर फाइनलमा पुगेर इतिहास रच्ने सपना चकनाचुर भएको छ। हारपछि कतिपय खेलाडी मैदानमै भावुक बनेका थिए ।