
दाङ २९ साउन । पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङ–बाँके सडक खण्डको अगैयामा सडक भत्किँदा राजमार्ग अरुद्ध भएको छ ।
अविरल बर्षापछि आएको बाढीका कारण सडक भत्किएपछि राजमार्ग अबरुद्ध भएको हो । राजमार्ग अबरुद्ध हुँदा सयौं सवारी साधन र हजारौं यात्रु अलपत्र परेका छन् । भत्किएको सडक खुलाउने तयारी भइरहेको सडक विभागले जनाएको छ ।