२९ असार २०८३, सोमबार

गोरखामा टेलिफोन सेवा अवरुद्ध

मंसिर २०, २०७९
गोरखामा टेलिफोन सेवा अवरुद्ध

उत्तरी गोरखाको अधिकांश ठाउँमा टेलिफोन सेवा अवरुद्ध भएको छ । चुमनुब्री गाउँपालिकाका अधिकांश ठाउँ र धार्चेका केही वडामा बिहीबारदेखि टेलिफोन सेवा अवरुद्ध हुँदैआएको स्थानीयको दुःखेसो छ ।  

एक साता जति हुन लाग्यो मोबाइलमा टावर आउँदैन, फोन लाग्दैन, कहाँ के भएको हो, धार्चे गाउँपालिका २ रुन्चेतकी सुभानी गुरुङले भनिन् । ‘छोराछोरी घरमा छैनन्, सन्चो बिसन्चो सोध्न पनि पाइएको छैन’ उनले चिन्ता सुनाइन । धार्चे १ हुल्चुक, २ रुन्चेत, ३ उहिया लगायत ठाउँमा टेलिफोन सेवा अबरुद्ध भएको स्थानीयको भनाइ छ । 

चुमनुब्री गाउँपालिकाका केही क्षेत्रमा टेलिफोन नचलेको गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए । करिब एक साता भयो फोन चलेको छैन, उनले भने, ‘सबै ठाउँमा स्काई फोन पनि छैन, कन्ट्याक्ट गर्न समस्या भएको छ ।’

धार्चे गाउँपालिका वडा २ रुन्चेतमा भएको बिद्युत गृहमा समस्या देखिएपछि टेलिफोन सेवा बन्द भएको नेपाल टेलिकम गोरखाले जनाएको छ । विद्युत नभएपछि केरौजामा रहेको टावर बन्द भएपछि उत्तरी गोरखाका केही टावरसँगको सम्बन्ध टुटेको टेलिकम गोरखाका सन्दिप ढकालले जानकारी दिए । 

केरौंजाको टावरबाट सम्र्पक गर्नु पर्ने उहिया, न्याक, बिही र छेकम्पार टावर अन्र्तगत पर्ने भुभागमा अहिले फोन बन्द रहेको उनले बताए । ‘यो विद्युतको समस्या हो, हाम्रो होइन, ढकालले भने, ‘विद्युत सञ्चालन भएपछि टेलिफोन पनि चल्छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्