२६ असार २०८३, शुक्रबार

मंगोलियाको राजधानीमा विरोध प्रदर्शन, मन्त्रालयहरूमा आक्रमण

मंसिर २०, २०७९
मंगोलियाको राजधानीमा विरोध प्रदर्शन, मन्त्रालयहरूमा आक्रमण
Getty Images / Erdenechimeg Batbold / Anadolu Agency

मंगोलियाको राजधानी उलानबाटरमा सोमवार दंगा मच्चिएको छ । 

विरोधकर्ताहरू मन्त्रालयहरूमा प्रवेश गरेका छन् र कानून कार्यान्वयन अधिकारीहरूलाई आक्रमण गरेका छन् । 

विगत तीन दिनदेखि शहरमा विरोध प्रदर्शन भइरहेको थियो । निर्यात गरिएको कोइलामा व्यापक भ्रष्टाचार भएको भनी विरोध भएकोमा सोमवार त्यो हिंस्रक हुन पुग्यो । 

अन्लाइन देखिएका भिडियोमा कैयौं मानिसले मन्त्रालय परिसर बाहिर प्रदर्शन गरेको भेटिन्छ । उनीहरू कोइला विवादमा पारदर्शिताको माग गरेका छन् र आरोपितहरूको नाम सार्वजनिक रूपमा उच्चारण गरेका छन् । 

विरोधकर्ताहरूले हाम्रो भविष्यमा डकैती नगर र मंगोलियामा स्वच्छ तथा सुन्दर जीवन बाँच्न पाऔं भन्ने प्लेकार्ड बोकेका थिए । 

दंगाका क्रममा मन्त्रालय भवनअगाडिको क्रिसमस रुखमा आगो लगाइएको थियो । विरोधकर्ताहरू भवनभित्र समेत प्रवेश गरेका थिए । तर भित्र गएपछि उनीहरूलाई प्रहरीको ब्यारिकेडले छेकेको थियो । 

केही विरोधकर्ताले भवनभित्र कानून कार्यान्वयन अधिकारीसँग झगडा गरेको देखिन्छ । झगडापछि केहीलाई पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमहरूले खबर दिए । 

झडपमा ६ जना प्रहरी अधिकृत र चारजना विरोधकर्ता घाइते भएको बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्