
दुवै मिर्गाैला खराब भएका सौरव मृत्युको मुखमा पुगेका थिए । ज्यान बचाउन नसकिने देखेर निराश भएका सौरभको शरीरमा त्यतिबेला ज्यान भरियो, जतिबेला उनकै आमाले मिर्गाैला दान गरिन् ।
भारतको उत्तर प्रदेशस्थित सहारनपुरका सौरभलाई उनकी आमाले मिर्गाैला दान गरेर बचाएकी छन् । आमा–छोराको कथा यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
सौरभ बीएड गरेपछि ट्युसन इन्स्टिच्युट चलाइरहेका थिए । त्यतिबेला उनको स्वास्थ्यमा समस्या आयो । चेकजाँच गराउँदा उनको मिर्गाैला खराब देखियो ।
छोराका मिर्गाैला खराब भएको खबरले आमा हैरान भइन्, बुवा रुन थाले । त्यति नै बेला आमाले छोरालाई मिर्गाैला दान गर्ने निधो गरिन् । मिर्गाैला प्रत्यारोपण सफल भएर अहिले दुवै स्वस्थ जीवन बिताइरहेका छन् ।