
काठमाडौं, २९ साउन — तपाईंले बिस्कुट त खानुभएकै होला । चियासित बिस्कुट प्रायः जसोले खान्छन् नै । तर यहाँ हामी बिस्कुटको अर्कै किसिमको परिकार बनाउन सिकाउँदैछौं ।

सामग्री
३० ग्राम स्याउ
चारवटा हरियो खुर्सानी
एक ठूलो चम्चा अदुवा
एक सानो चम्चा लसून
आधी चम्चा नून
३० ग्राम धनियाँ
एक सानो चम्चा कागतीपानी
१२ वटा नूनिलो बिस्कुट
२३० ग्राम
दुई ठूला चम्चा भुटेको चनाको दाल
दुई ठूला चम्चा पिनट्स
एउटा काँक्रो
दुईवटा गोलभेंडा
दुईवटा प्याज
विधि
ब्लेन्डरमा स्याउ, हरियो खुर्सानी, अदुवा, जीरा, लसून, नून, धनियाँ र कागतीको रस हालेर पिस्नुस् र एउटा बाउलमा निकाल्नुस् ।
अब यसमा बिस्कुट, चनाको दाल, बदाम, काँक्रो, टमाटर, पिनट्स र प्याज हालेर मज्जाले मिक्स गर्नुस् ।
लौ, बिस्कुट चाट तयार भयो । अब पस्किनुस् ।
एजेन्सी