इरानमा चलिरहेको हिजाबविरोधी प्रदर्शन रोक्नका लागि तेहरान र पश्चिमाहरूबीच गोप्य वार्ता भएको त्यहाँको प्रेस टीभीले खबर दिएको छ ।
प्रदर्शनलाई पश्चिमले दिइरहेको समर्थन फिर्ता लिनका लागि इरानले आफूसँग भएको तेल निर्यात बढाउनुपर्ने र रुससँगको सम्बन्ध तोड्नुपर्ने शर्त तेर्स्याइएको प्रेस टीभीको दाबी छ ।