०८ साउन २०८३, शुक्रबार

महाकाली तटबन्धनका सम्बन्धमा नेपालले भारतलाई पठायो कूटनीतिक नोट

मंसिर २०, २०७९
महाकाली तटबन्धनका सम्बन्धमा नेपालले भारतलाई पठायो कूटनीतिक नोट

दार्चुलास्थित महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध बनाएको विषयमा नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ । दुई देशबीचको सम्झौताविपरीत भारतले एकतर्फी रुपमा तटबन्धन बनाउन थालेपछि सरकारले त्यस सम्बन्धमा कूटनीतिक नोट पठाएको हो । 

परराष्ट्र मन्त्रालयले भारत सरकारलाई मंगलवार समस्याको स्थायी समाधानका लागि प्रयास गर्नुपर्ने धारणासहित नोट पठाएको स्रोतले जानकारी दिएको छ । नोटमा प्राविधिक रूपमा समस्याको दीर्घकालीन प्रयास खोज्नुपर्नेमा जोड दिइएको स्रोतको भनाइ छ । 

गृह मन्त्रालयले दार्चुलास्थित जिल्ला प्रशासन कार्यालयबाट प्राप्त स्थलगत प्रतिवेदनसहित दीर्घकालीन प्रयासका लागि सोमबार साँझ परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको थियो । सोही पत्रका आधारमा परराष्ट्रले भारतलाई कूटनीतिक नोट पठाएको बताइएको छ । 

नेपालतर्फ महाकाली नदीको धार परिवर्तन हुने गरी भारतीय पक्षले तटबन्ध निर्माण गरेपछि दार्चुलाका स्थानीय बासिन्दाले विरोध गरेका थिए । त्यसको विरोधमा स्थानीयले दुई देश जोड्ने झोलुंगे पुलमा तालाबन्दीसमेत गरेका थिए ।

उक्त घटनाका सन्दर्भमा सरकार मौन बसेको भन्दै आलोचना पनि भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्