×

NMB BANK
NIC ASIA

संसद्मा विधेयक : केही उपलब्धि, केही निष्क्रिय

मंसिर २०, २०७९

NTC
Premier Steels

प्रतिनिधि सभाको अघिल्लो कार्यकाल समाप्त भएसँगै निष्क्रिय भएका दर्जनौँ विधेयक अब फेरि शून्य अवस्थाबाट मात्र शुरु हुने भएको छ । लामो समय, ठूलो खर्च र झन्झटिलो प्रक्रिया पूरा गर्दै निश्चित विन्दुमा पुगिसकेका त्यस्ता विधेयकले आउँदो प्रतिनिधि सभामा फेरि शुरुदेखिका सबै प्रक्रिया पूरा गर्नुपर्नेछ । 

Muktinath Bank

अघिल्लो प्रतिनिधि सभाको कार्यकाल समाप्त भएसँगै २७ वटा विधेयक निष्क्रिय भएका र १२ वटा विधेयक सरकार आफैँले फिर्ता लिएको संसद् सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले बताए । राष्ट्रिय सभाबाट सात र प्रतिनिधि सभाबाट पाँच गरी १२ वटा विधेयक सरकारले फिर्ता लगेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजनीतिक दलबीच सहमति र समझदारी हुन नसक्दा यसअघिको कार्यकालमा ती विधेयक निष्क्रिय बन्न पुगेका हुन् । संसद्को एउटा कार्यकाल समाप्त भएसँगै प्रतिनिधि सभाबाट उत्पत्ति भएका र निष्कर्षमा नपुगेका सबै विधेयक निष्क्रिय बन्न पुगेका थिए । संघीय संसद्को पहिलो कार्यकाल शुरु भएयता एक सय ५३ विधेयक दर्ता भएका थिए । 


Advertisment
Nabil box
Kumari

तीमध्ये एक सय एक विधेयक भने राष्ट्रपतिबाट प्रमाणीकरण भई कानून कार्यान्वयनको चरणमा छन् । संसद्बाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको नेपालको नागरिकतासम्बन्धी संशोधन विधेयकमा भने प्रगति हुन सकेन । राष्ट्रिय सभामा उत्पत्ति भएका १२ विधेयक पनि अहिले त्यहाँ विचाराधीन अवस्थामा रहेको सूचना अधिकृत धमलाले बताए । 

Vianet communication

निष्क्रिय भएका २७ मध्ये प्रतिनिधि सभामा उत्पत्ति भई त्यहाँ विभिन्न चरणमा रहेका २१ वटा विधेयक  थिए । त्यस्तै राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभामा पठाइएका पाँच वटा विधेयक फिर्ता नहुँदै प्रतिनिधि सभाको कार्यकाल समाप्त भएकाले ती विधेयक पनि निष्क्रिय हुन पुगे ।

त्यस्तै, प्रतिनिधि सभामा उत्पत्ति भई राष्ट्रिय सभामा प्रक्रियागत चरणमा रहेको एउटा विधेयक पनि सोही सभाको कार्यकाल समाप्त भएसँगै निष्क्रिय बन्न पुग्यो । संसद्मा सरकारी र गैरसरकारी विधेयकले प्रवेश पाउँदै आएको छ । सरकारी विधेयक मन्त्री तथा गैरसरकारी विधेयक सांसदले पेश गर्ने कानूनी व्यवस्था छ । 

सुरक्षा निकाय र आर्थिकसँग सम्बन्धित विधेयक भने सरकारका मन्त्री आफैँले दर्ता गराउनु पर्ने संवैधानिक व्यवस्था छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x