
भारतको राष्ट्रिय राजधानी नयाँदिल्लीमा भएको दिल्ली नगर निगम (एमसीडी) चुनावको मतगणना आज हुँदैछ ।
बुधवार बिहान ८ बजेदेखि मतगणना हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । निर्वाचन आयोगले कूल ४२ मतगणना केन्द्र बनाएको छ ।
मतगणनाका लागि ६८ चुनाव पर्यवेक्षकलाई तैनाथ गरिएको छ । २५० वडामा भएको चुनावमा १ हजार ३४९ उम्मेदवार रहेका थिए ।
मतदान सकिएपछि भएका एग्जिट पोलमा आम आदमी पार्टी (आप) ले जित्ने आकलन गरिएको छ । दिल्ली प्रदेशमा समेत मुख्यमन्त्री अरविन्द केजरीवालको नेतृत्वमा आपकै सरकार छ ।
कूल २५० सिटमध्ये आपले १४९–१७१ सिट जित्ने अनुमान छ भने भारतीय जनता पार्टी (भाजपा) ले ६९–९१ सिट जित्ने आकलन गरिएको छ । हालसम्म दिल्ली एमसीडीमा भाजपाको नेतृत्व थियो ।