१८ असार २०८३, बिहीबार

कस्तो रहला आज दिनभरको मौसम ?

मंसिर २१, २०७९
कस्तो रहला आज दिनभरको मौसम ?

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार बिहान  पहाडी  भूभागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतः सफा रहेको छ ।  

यस्तै दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी  भूभागका साथै लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम सामान्यतः सफा रहनेछ।  

यसैगरी राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्