माघ २०, २०७९
वैदेशिक रोजगारको प्रलोभनमा परी विदेशीन लागेका १२ नेपाली महिलाको उद्धार गरिएको छ । मानव बेचविखन अनुसन्धान ब्यूरोले मङ्सिर र पुसमा भारत पुर्याइएका १२ महिलालाई राजस्थान, जयपुर अन्तर्राष्ट्रिय विमान...
म्याग्दीको बेनी नगरपालिकाले चालू आर्थिक वर्ष २०७९/८० मा ९ करोड बजेट विनियोजन गरेको गौरवका आयोजना कार्यान्वयन थालेको छ ।
नगरपालिकाले महत्त्व र प्राथमिकता दिएका ५ वटा सडक, ३ वटा खानेपानी, १–१ भवन, खेलमैदान र चिस्यानगृह निर्माण गर्न विभिन्न शीर्षकबाट ९ करोड १ लाख बजेट विनियोजन गरेको छ ।
नगरपालिकाको पूर्वाधार शाखाका प्रमुख इन्जिनीयर बिमलरञ्जन कार्कीले ७ वटा ठूला योजनाको ठेक्का लागिसकेको बताए ।
‘ठेक्काबाट २ वटा योजना निर्माण शुरू भइसकेका र ५ वटा शुरू हुने तयारीमा छन्,’ उनले भने, ‘३ वटा योजनाको ठेक्का आह्वान भएको छ । एउटाको लागत अनुमान तयार गरेर ठेक्का प्रक्रियामा लैजाने तयारीमा छौं ।’
नगरपालिकाले १ करोड बजेट विनियोजन गरेको बेनी–पाखापानी सडकअन्तर्गत वडा नम्बर ६ अर्थुङ्गेबाट वडा नम्बर ९ सिमानासम्मको सडक ढलान, नाली, घुम्ती र ग्रेड सुधार गर्न कृसु निर्माण सेवा काठमाडौंले ६६ लाख ९३ हजार ३९१ रुपैयाँमा ठेक्का पाएको छ ।
१ करोड २१ लाख लागत अनुमान गरिएको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक निर्माणका लागि उत्तरगङ्गा निर्माण सेवा बेनीले ८५ लाख ४० हजारमा ठेक्का पाएको छ । गण्डकी प्रदेश सरकारले ५० लाख, नगरपालिकाको गौरवको योजना शीर्षकमा २५ लाख र समपूरक कोषबाट ४६ लाख विनियोजन गरेको थियो । योजनामार्फत वडा नम्बर ६ को बाँसबोटसम्म ३००–३०० मिटर ढलान र कालोपत्रका साथै नाली निर्माण गर्ने लक्ष्य छ ।
७० लाख लागत अनुमान गरिएको बेनी–महारानीथान–छाप–ठूलोखोला सडक योजना खुसीहोम बिल्डर्सले ५८ लाखमा ठेक्का लिएको छ । वडा नम्बर ४ र ६ को भूगोलमा ग्यावियन पर्खाल, नाली, सोलिङ र ढलान गर्न लागिएको हो । २५ लाख रुपैयाँ विनियोजन भएको बेनी–ज्यामरुककोट सडकको तल्लो क्षेत्रमा पहिरो नियन्त्रण र माथिल्लो खण्डमा नाली बनाउन भगवती मालिका कन्ट्रक्सनले २० लाख ५० हजार रुपैयाँमा ठेक्का लिएको छ ।
२३ लाख ३० हजार रुपैयाँ विनियोजन भएको बेनपा–४ को तातोपानी बजार कालोपत्र गर्ने योजना सोमरस निर्माण सेवाले २१ लाख २२ हजारमा ठेक्का पाएको छ । तल्लो तातोपानी बजारभित्र प्रिमिक्स प्रविधिको कालोपत्र गरिने नगरपालिकाले जनाएको छ ।
वैदेशिक रोजगारको प्रलोभनमा परी विदेशीन लागेका १२ नेपाली महिलाको उद्धार गरिएको छ । मानव बेचविखन अनुसन्धान ब्यूरोले मङ्सिर र पुसमा भारत पुर्याइएका १२ महिलालाई राजस्थान, जयपुर अन्तर्राष्ट्रिय विमान...
पर्साको ठोरीमा आज भालुको आक्रमणमा परी एक दम्पति घाइते भएका छन् । घाइते हुनेमा ठोरी गाउँपालिका–३ रामनगरका बिबिलाल लोप्चन तामाङ्ग र उहाँकी श्रीमति सुकमाया तामाङ्ग रहेका छन् । जङ्गलबाट घाँस लिएर ...
काठमाडौं महानगरपालिकाले ह्विलचियर प्रयोगकर्तालाई दुर्व्यवहार गरेको भन्दै राष्ट्रिय अपांग महासंघले आपत्ति जनाएको छ। केही दिनअघि मखन तरणीबहाल मखनटोलमा मास्क बिक्री गरिरहेका ह्विलचियर प्रयोगकर्ता दोलखाका ड...
नेपाल उद्योग परिसङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगबारे छलफल गरेको छ । मन्त्री किरातीसँगको आजको छलफलमा नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने कदम, युरोपिय...
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर–१ साप्पाटा मुक्तिकोट गाउँकी १४ वर्षीया शुसिला विक रहेको वडा नम्बर...
हवाई उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउन नागरिक उड्डयन प्राधिकरणले केही नियमहरू लागु गरेको छ। माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको दुर्घटनापछि प्राधिकरणले नयाँ व्यवस्था लागु गर्दै हवाई उड्डयन क्षेत्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...