०२ असार २०८३, मंगलबार

बेनीमा ९ करोडका गौरवका आयोजना कार्यान्वयन

मंसिर २१, २०७९
बेनीमा ९ करोडका गौरवका आयोजना कार्यान्वयन
प्रतिकात्मक तस्वीर

म्याग्दीको बेनी नगरपालिकाले चालू आर्थिक वर्ष २०७९/८० मा ९ करोड बजेट विनियोजन गरेको गौरवका आयोजना कार्यान्वयन थालेको छ । 

नगरपालिकाले महत्त्व र प्राथमिकता दिएका ५ वटा सडक, ३ वटा खानेपानी, १–१ भवन, खेलमैदान र चिस्यानगृह निर्माण गर्न विभिन्न शीर्षकबाट ९ करोड १ लाख बजेट विनियोजन गरेको छ ।

नगरपालिकाको पूर्वाधार शाखाका प्रमुख इन्जिनीयर बिमलरञ्जन कार्कीले ७ वटा ठूला योजनाको ठेक्का लागिसकेको बताए ।

‘ठेक्काबाट २ वटा योजना निर्माण शुरू भइसकेका र ५ वटा शुरू हुने तयारीमा छन्,’ उनले भने, ‘३ वटा योजनाको ठेक्का आह्वान भएको छ । एउटाको लागत अनुमान तयार गरेर ठेक्का प्रक्रियामा लैजाने तयारीमा छौं ।’

नगरपालिकाले १ करोड बजेट विनियोजन गरेको बेनी–पाखापानी सडकअन्तर्गत वडा नम्बर ६ अर्थुङ्गेबाट वडा नम्बर ९ सिमानासम्मको सडक ढलान, नाली, घुम्ती र ग्रेड सुधार गर्न कृसु निर्माण सेवा काठमाडौंले ६६ लाख ९३ हजार ३९१ रुपैयाँमा ठेक्का पाएको छ ।

१ करोड २१ लाख लागत अनुमान गरिएको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक निर्माणका लागि उत्तरगङ्गा निर्माण सेवा बेनीले ८५ लाख ४० हजारमा ठेक्का पाएको छ । गण्डकी प्रदेश सरकारले ५० लाख, नगरपालिकाको गौरवको योजना शीर्षकमा २५ लाख र समपूरक कोषबाट ४६ लाख विनियोजन गरेको थियो । योजनामार्फत वडा नम्बर ६ को बाँसबोटसम्म ३००–३०० मिटर ढलान र कालोपत्रका साथै नाली निर्माण गर्ने लक्ष्य छ ।

७० लाख लागत अनुमान गरिएको बेनी–महारानीथान–छाप–ठूलोखोला सडक योजना खुसीहोम बिल्डर्सले ५८ लाखमा ठेक्का लिएको छ । वडा नम्बर ४ र ६ को भूगोलमा ग्यावियन पर्खाल, नाली, सोलिङ र ढलान गर्न लागिएको हो । २५ लाख रुपैयाँ विनियोजन भएको बेनी–ज्यामरुककोट सडकको तल्लो क्षेत्रमा पहिरो नियन्त्रण र माथिल्लो खण्डमा नाली बनाउन भगवती मालिका कन्ट्रक्सनले २० लाख ५० हजार रुपैयाँमा ठेक्का लिएको छ । 

२३ लाख ३० हजार रुपैयाँ विनियोजन भएको बेनपा–४ को तातोपानी बजार कालोपत्र गर्ने योजना सोमरस निर्माण सेवाले २१ लाख २२ हजारमा ठेक्का पाएको छ । तल्लो तातोपानी बजारभित्र प्रिमिक्स प्रविधिको कालोपत्र गरिने नगरपालिकाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्