०३ असार २०८३, बुधबार

पानी आउन थालेपछि बाहुनडाँगीवासी खुशी

मंसिर २१, २०७९
पानी आउन थालेपछि बाहुनडाँगीवासी खुशी
प्रतिकात्मक तस्वीर

लामो समयपछि सिद्धिनहरको पानी आउन थालेपछि मेचीनगर नगरपालिकाका ४ वटा वडाका वासिन्दा खुशी भएका छन् ।

१ वर्षअघि पहिरोले पुरिएको नहरको मर्मतपछि पानी ल्याएर जमिन सिँचाइ गर्न थालेपछि बाहुनडाँगीवासी खुशी भएका हुन् । 

नहरको पानीले मेचीनगर १, २, ३ र ४ को १ हजार ७०० हेक्टर जमिन सिञ्चित हुँदै आएको छ ।

बाहुनडाँगीको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने नहर इलामको रोङ गाउँपालिका–६ स्थित अम्बे डाँडाको फेदीबाट शुरू हुन्छ । पहाडको अकरिलो स्थानमा मुहान थापेर ल्याउनुपर्दा पहिरोको उच्च जोखिममा सो नहर सधैं रहेको सिद्धिनहर सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ तिवारीले बताए ।

गत वर्ष कात्तिकमा परेको बेमौसी वर्षाका कारण आएको पहिरोले नहरको मुहान लगायत विभिन्न ठाउँ भत्किएको थियो । सिँचाइ डिभिजन कार्यालय र सिद्धिनहर सिँचाइ जल उपभोक्ता समितिको पहलमा मर्मत भएपछि नहरमा पानी आउन थालेको छ ।

नेपाल सरकारका तत्कालीन मुख्यसचिव डा. भोजराज घिमिरेको पहलमा विक्रम संवत् २०७२ सालमा नहर सञ्चालनमा आएपछि सो क्षेत्रका किसान लाभान्वित बनेका थिए । सरकारले सो नहर स्थापनामा ४४ करोड रुपैयाँ लगानी गरेको अध्यक्ष तिवारीले बताए ।

बाहुनडाँगीका किसानले जंगली हात्तीबाट अन्नबाली जोगाउनका लागि चिया, सुपारी, तोरी, फापर लगायतको वैकल्पिक नगदे बालीको खेती गर्दै आएका छन् ।

पानीको अर्को वैकल्पिक व्यवस्था नहुँदा सिद्धिनहरबाट आउने पानीबाट नै सबै किसिमका बालीमा सिँचाइ हुने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्