काठमाडौं, २९ साउन– दर्जनौंको मृत्यु र हजारौं परिवार घरवारविहीन हुनेगरी आएको बाढीपहिरो पीडितलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघ –एनआरएनए)ले आपतकालिन राहत कोषको स्थापना गरेको छ ।
एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद्को आइतवार बसेको आकस्मिक बैठकले आपतकालिन राहत प्रदानका लागि कोष स्थापना गर्ने र तत्कालै राहत वितरणमा खटिने निर्णय गरेको छ ।
एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद्को आइतवार बसेको आकस्मिक बैठकले आपतकालिन राहत प्रदानका लागि कोष स्थापना गर्ने र तत्कालै राहत वितरणमा खटिने निर्णय गरेको छ ।
‘यो दुखको घडीमा हामी देशवासीको साथमा छौं, अध्यक्ष घलेले भने, ‘बैठकबाट हामीले झण्डै ६ करोड रकम संकलन गरेका छौं, आवश्यक राहत सामाग्री खरिद गरि हामी तत्कालै वितरणमा खटिने छौं ।
तत्कालका लागि बाढीपीडित जनतालाई लत्ताकपडा र खाद्यान्य लगायतका आत्यावश्यक राहत सामाग्री वितरण गर्ने गैरआवासीय नेपाली संघले निर्णय गरेको घलेले जानकारी दिए ।
साथै बैठकले गैरआवासीय नेपाली संघ विश्वभर छरिएर रहकेका नेपालीलाई गैरआवासीय नेपाली संघको परोपकारी खातामा रकम जम्मा गरी यो दुःखको घडीमा देशवासीको साथ दिन आह्वान गरेको छ ।