१२ असार २०८३, शुक्रबार

चोलेन्द्रले भने– 'संसद् सचिवालयले महाभियोग निष्क्रिय भएको पत्र दियो, आजै सर्वोच्च जान्छु'

मंसिर २१, २०७९
चोलेन्द्रले भने– 'संसद् सचिवालयले महाभियोग निष्क्रिय भएको पत्र दियो, आजै सर्वोच्च जान्छु'

महाभियोग निष्क्रिय भएको पत्र पाएपछि चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीशको हैसियतमा सर्वोच्च अदालतमा हाजिर हुने भएका छन् ।

संसद् सचिवालयका महासचिव डा. भरत गौतमबाट महाभियोग प्रस्ताव निष्क्रिय भएको जानकारीसहितको पत्र पाएको चोलेन्द्रले जनाएका छन् ।

आफूमाथि लागेको आरोपबाट क्लिनचिट पाएको र भोलि बिदा रहेकाले आजै सर्वोच्चमा हाजिर हुने तयारीमा रहेको चोलेन्द्रले लोकान्तरसँग बताए ।

उनको कार्यकाल यही मंसिर २७ गतेसम्म छ । 

चोलेन्द्रविरुद्ध सत्ता गठबन्धनले २०७८ फागुन १ गते महाभियोग प्रस्ताव दर्ता गरेको थियो ।

महाभियोगमाथिको कारवाही नटुंगिँदै संसदको कार्यकाल सकिएपछि २०७९ असोज १ गते महाभियोग सिफारिश समितिले अर्को प्रतिनिधिसभाले अगाडि बढाउने गरी प्रस्ताव जिम्मा लगाएको थियो ।

अर्को प्रतिनिधिसभाको बैठक बस्नुअगावै चोलेन्द्रको कार्यकाल सकिँदै थियो । 

यसअघि संसदको कार्यकाल सकिएपछि चोलेन्द्रले सर्वोच्चमा हाजिर हुन प्रयास गरे पनि सरकारले सहयोग गरेको थिएन ।

चोलेन्द्रले आफूलाई बालुवाटारस्थित निवासमै नजरबन्दमा राखेको आरोप समेत लगाएका थिए । त्यसयता चोलेन्द्र चुपचाप त्यहीँ निवासमा बस्दै आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्