माघ २०, २०७९
कांग्रेसले शनिबार बस्ने गरी विपक्षी मोर्चाको बैठक बोलाएको छ । राष्ट्रिय सभाका उपाध्यक्ष, लुम्बिनीमा हुन लागेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनसहित विषयमा छलफल गर्न कांग्रेसले विपक्षी मोर्चाको बैठक बोलाएको हो । ...
काठमाडाैं | मंसिर २१, २०७९
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसद् सचिवालयमा दर्ता भएको महाभियोग निष्कृय भएको छ ।
संघीय संसद् सचिवालयले बुधवार जबरालाई महाभियोग निष्कृय भएको पत्र दिएको हो । ‘हिजो उहाँले निवेदन दिनुभएको थियो, आज सचिवालयले महाभियोग निष्कृय भयो भनेर पत्र दिएका छौँ’, संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले लोकान्तरलाई जानकारी दिए ।
संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि झण्डै १० महिना निलम्बित अवस्थामा रहेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले क्लिनचिट पाएको बताएका छन् । भोलि अदालत बिदा भएकोले आफू आजै सर्वोच्च आज लागेको उनले लोकान्तरलाई बताए ।
उनको कार्यकाल यही मंसिर २७ गतेसम्म छ ।
चोलेन्द्रविरुद्ध सत्ता गठबन्धनले २०७८ फागुन १ गते महाभियोग प्रस्ताव दर्ता गरेको थियो ।
महाभियोगमाथिको कारवाही नटुंगिँदै संसदको कार्यकाल सकिएपछि २०७९ असोज १ गते महाभियोग सिफारिस समितिले अर्को प्रतिनिधिसभाले अगाडि बढाउने गरी प्रस्ताव जिम्मा लगाएको थियो ।
अर्को प्रतिनिधिसभाको बैठक बस्नुअगावै चोलेन्द्रको कार्यकाल सकिँदै थियो ।
यसअघि संसदको कार्यकाल सकिएपछि चोलेन्द्रले सर्वोच्चमा हाजिर हुन प्रयास गरे पनि सरकारले सहयोग गरेको थिएन ।
चोलेन्द्रले आफूलाई बालुवाटारस्थित निवासमै नजरबन्दमा राखेको आरोपसमेत लगाएका थिए । त्यसयता चोलेन्द्र चुपचाप त्यहीँ निवासमा बस्दै आएका थिए ।
कांग्रेसले शनिबार बस्ने गरी विपक्षी मोर्चाको बैठक बोलाएको छ । राष्ट्रिय सभाका उपाध्यक्ष, लुम्बिनीमा हुन लागेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनसहित विषयमा छलफल गर्न कांग्रेसले विपक्षी मोर्चाको बैठक बोलाएको हो । ...
नेपाली कांग्रेसका नेता एवम् पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति आफ्नो पार्टीमा मात्रै रहेको दाबी गरेका छन्। नेता कार्कीले राष्ट्रपतिमा आफ्नो पार्टीलाई स्विकार्य बनाउन...
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उम्मेदवार नेपाली नागरिक हो/होइन र नागरिकताअनुसार उमेरले उम्मेदवार बन्न योग्य छ/छैन मात्र हेर्ने अधिकार आयोगलाई भएको बताएका छन्। शुक्रबार सञ्चारकर्मीहरूसँग निर्वाचनबारे छल...
सत्ता गठबन्धनमा राष्ट्रपति निर्वाचन र गृहमन्त्रीको विषयले तनावको स्थिति उत्पन्न भइरहेका बेला माओवादी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबीच ब्याक टु ब्याक वार्ता भएको छ । बिहीबार प्रधानमन्त्री एवं मा...
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक भोलि बस्दैछ । बैठकमा निर्वाचन समीक्षा, संगठन सृदृढीकरण र समसामयिक राजनीतिका विषयमा छलफल हुने जानकारी नेता गंगालाल तुलाधरले दिए । पार्टीले राजनीतिक प्...
आफैंले चलाएको गाडी दुर्घटनामा परेपछि नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसालले कुनै गम्भीर समस्या नआएको बताएका छन् । गाडी बानेश्वरको सडक डिभाइडरमा ठोकिएपछि सिभिल अस्पतालमा उपचाररत भूसालले आफूलाई चोट...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...