२९ जेठ २०८३, शुक्रबार
महाभियाेग प्रकरण

प्रधानन्यायाधीशलाई महाभियोग निष्क्रिय भएको पत्र दिइयो– संसद् प्रवक्ता

मंसिर २१, २०७९
प्रधानन्यायाधीशलाई महाभियोग निष्क्रिय भएको पत्र दिइयो– संसद् प्रवक्ता

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसद् सचिवालयमा दर्ता भएको महाभियोग निष्कृय भएको छ । 

संघीय संसद् सचिवालयले बुधवार जबरालाई महाभियोग निष्कृय भएको पत्र दिएको हो । ‘हिजो उहाँले निवेदन दिनुभएको थियो, आज सचिवालयले महाभियोग निष्कृय भयो भनेर पत्र दिएका छौँ’, संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले लोकान्तरलाई जानकारी दिए ।

संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि झण्डै १० महिना निलम्बित अवस्थामा रहेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले क्लिनचिट पाएको बताएका छन् । भोलि अदालत बिदा भएकोले आफू आजै सर्वोच्च आज लागेको उनले लोकान्तरलाई बताए ।

उनको कार्यकाल यही मंसिर २७ गतेसम्म छ । 

चोलेन्द्रविरुद्ध सत्ता गठबन्धनले २०७८ फागुन १ गते महाभियोग प्रस्ताव दर्ता गरेको थियो ।

महाभियोगमाथिको कारवाही नटुंगिँदै संसदको कार्यकाल सकिएपछि २०७९ असोज १ गते महाभियोग सिफारिस समितिले अर्को प्रतिनिधिसभाले अगाडि बढाउने गरी प्रस्ताव जिम्मा लगाएको थियो ।

अर्को प्रतिनिधिसभाको बैठक बस्नुअगावै चोलेन्द्रको कार्यकाल सकिँदै थियो । 

यसअघि संसदको कार्यकाल सकिएपछि चोलेन्द्रले सर्वोच्चमा हाजिर हुन प्रयास गरे पनि सरकारले सहयोग गरेको थिएन ।

चोलेन्द्रले आफूलाई बालुवाटारस्थित निवासमै नजरबन्दमा राखेको आरोपसमेत लगाएका थिए । त्यसयता चोलेन्द्र चुपचाप त्यहीँ निवासमा बस्दै आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्