माघ १२, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित मारवाडी सेवा समाजको ७० औं साधारण सभामा उनले आफूलाई अर्थतन्त्र चलायमान र गतिशील बनाउने चुनौती रहेको ब...
नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघले अविलम्व किसानबाट धान खरिद प्रक्रिया अघि बढाउन सरकासँग माग गरेको छ । बुधवार दुई महासंघले संयुक्तरुपमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो ।
महासंघहरूले हिउँदे खेतीका लागि आवश्यक मलको तत्काल व्यवस्था गर्न पनि माग गरेका छन् । आफ्ना माग पूरा नभए देशभरका किसान परिचालन गरेर आन्दोलन गर्न बाध्य हुने उनीहरूले चेतावनी दिएका छन् । गत कात्तिक १६ गते बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षको लागि धानको समर्थन मूल्य निर्धारण गरेको थियो । जसअनुसार मोटा धानको मूल्य २ हजार ९६७ र मध्यम धानको मूल्य ३ हजार १२८ रुपैयाँ रहेको छ ।
गत वर्षको भन्दा मोटा धानमा प्रतिक्विन्टल २१५ र मध्यम धानमा २२६ रुपैयाँ वृद्धि गरेको भए पनि लागतमूल्य र मुद्रास्फितिका आधारमा सरकारले निर्धारण गरेको मूल्यले किसानलाई लाभ नपुग्ने महासंघहरूले जनाएका छन् ।
पत्रकार सम्मलेनमा बोल्दै नेपाल किसान महासंघका केन्द्रीय सदस्य आदर्श कार्कीले मंसिरको मध्यसम्म पनि सरकारी निकायले धान खरिद प्रक्रिया शुरु नगरेकाले किसानहरू व्यपारीहरूलाइ सस्तो मूल्यमा धान बेच्न बाध्य भइरहेको बताए । उनले धान खरिदका लागि आवश्यक बजेट निकासा नगर्दा धान खरिद प्रक्रिया अघि बढ्न नसकेको बताए । उनले धान खरिद गर्ने निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिदको विषयमा चासो नदेखाएको बताए ।
सरकारले धान खरिदका लागि ल्याएको नीतिगत व्यवस्था किसानलाई झुक्याउन मात्रै ल्याएको आरोप लगाए । उनले आफ्नै घोषणा र प्रतिबद्धताअनुसार धान खरिद नगर्नु सरकारको असक्षमता रहेको बताए ।
पत्रकार सम्मेलनमा अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले अहिलेसम्म पनि धान खरिद प्रक्रिया अघि बढ्न नसक्नु किसानका लागि बिडम्वनाको विषय भएको बताए । उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्नसक्ने स्थिति नरहेको बताए । उनले अर्थ मन्त्रालयले बजेट विनियोजन नगर्दा धान खरिद प्रक्रिया अघि बढ्न नसकेको कुरा आएको भन्दै बजेट निकासा गरी तत्काल किसानसँग धान खरिद गर्नुपर्ने बताए । उनले करिव १० लाख मेट्रिक्टन धान खरिद गर्ने तागत सरकारले राख्नुपर्ने बताए । उनले धान राख्ने गोदाम नहुनु र बजेटको अभावका कारण धान खरिद गर्न नसेकेको भन्दै सधैँ बजेट अभाव भयो भनेर सरकार पन्छिन नमिल्ने बताए ।
महासंघहरूले आगामी दिनमा किसानका माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने पनि चेतावनी दिएका छन् । आम किसानलाई संघर्षमा उत्रिनका लागि आह्वान गर्दै देशव्यापी किसान महासंघका संगठन परिचालन गर्ने, प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने, उद्योगमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने, खाद्य व्यवस्था तथा व्यापार कम्पनीका मुलुकभरका शाखा कार्यालय तथा डिपोहरूमा मंसिर २५ गते धर्ना दिने र तालाबन्दी गर्ने, देशभर विभिन्न जिल्ला र स्थानीयस्तरमा किसान प्रदर्शन, ¥याली तथा सभाहरू आयोजना गर्ने, निर्धारित आन्दोलनको अवधिभित्र धान खरिद गर्ने प्रक्रिया शुरु नगरे दोस्रो चरणका संघर्षका कार्यक्रमहरू सञ्चालन गर्ने महासंघहरूको चेतावनी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित मारवाडी सेवा समाजको ७० औं साधारण सभामा उनले आफूलाई अर्थतन्त्र चलायमान र गतिशील बनाउने चुनौती रहेको ब...
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक संस्थाहरुले आर्थिक मितव्ययिता अपनाउँदै खर्च कटौती गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री पौडेलले ...
अर्थ मन्त्री विष्णु पौडेलले भन्सार कार्यालयहरूमा अनधिकृत गतिविधि नगर्न निर्देशन दिएका छन्। आज बिहान भन्सार विभागको कार्यालयमा भन्सारका व्यवसायीहरूसँग छलफल कार्यक्रममा त्यस्ता गतिविधि गर्नेहरूमाथि क...
मुलुकको तेस्रो ठूलो भन्सार पर्साको वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९-८० को छ महिनामा लक्ष्यको ६७ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्म...
द्वन्द्वकालमा बन्द भएका छोटी भन्सार कार्यालय पुनःस्थापन नहुँदा रुपन्देहीमा भारतबाट अवैधरुपमा सामान आयात गर्ने क्रम बढ्दै गएको छ । यसबाट राजस्व सङ्कलनसमेत प्रभावित बनेको छ । रुपन्देहीका सात भन्सारमध्ये एउटा छोटी ...
नेपालमा गहुँ आयात हुन नसक्दा बजारमा मैदाको चरम अभाव हुन थालेको छ । भारत सरकारले ३० वैशाख २०७९ मा गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदा/आँटाको चरम अभाव देखिएको नेपाल मैदा उद्योग संघले जानका...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...
आयुर्वेद र योग प्राचीन पूर्वीय धरोहर हुन् । मानव सभ्यतादेखि नै मनुष्यको स्वस्थ रक्षाका निमित्त अझ भन्नुपर्दा धर्म, अर्थ, कामको पूर्ति र मृत्युपश्चात मोक्ष प्राप्तिको वर्णन यी दुवैमा पाइन्छ । यिनीहरूमा निर्दिष्ट गरिएका ...