
युरोपेली संघ (ईयू) को सदस्य राष्ट्र इस्टोनियाले थप युक्रेनी शरणार्थीहरूलाई देशमा स्वागत गर्न नसक्ने बताएको छ ।
इस्टोनियाकी प्रधानमन्त्री काजा काल्लासले फिनल्यान्ड जस्ता अन्य ईयू मुलुकहरूले पनि युक्रेनीहरूलाई आफूसँग राख्नुपर्ने बताइन् ।
यस विषयमा फिनल्यान्डसँग मोटामोटी सहमति भइसकेको उनले एक रेडियो अन्तर्वार्तामा मंगलवार बताइन् ।
आफ्नो देशले युक्रेनीहरूलाई रुसी आक्रमणको आरम्भदेखि नै दयाभाव देखाएकोमा काल्लासले गर्व गरिन् । तर उनले थपिन्, ‘सबै कुराको एउटा हद हुन्छ । हामीसँग आवास र रोजगार सकिएको छ त्यसैले हामी थप मानिसलाई स्वीकार गर्न सक्दैनौं । अब अरूले पनि सहयोग गर्नुपर्छ ।’
‘हामीले फिनल्यान्डसँग यस विषयमा कुरा गरिसकेका छौं र फिनहरूले थप मानिस राख्न सकिने बताएका छन्,’ उनले थपिन् ।