
काठमाडौं, २९ साउन - सञ्चार मन्त्रालयले काठमाडौं उपत्यका बाहेक देशभर एसएमएस सुविधा निशुल्क गरिएको बताएका छन् ।
देशका विभिन्न जिल्लाहरूमा बाढी आएकोले सूचना आदान प्रदान गर्न सजिलो होस भनेर सञ्चार मन्त्रालयले यस्तो व्यवस्था गरेको हो । सञ्चार मन्त्रालयका सचिव महेन्द्र गुरुङले सम्पूर्ण दूरसञ्चार प्रदायकबाट एसएमएस निशुल्क गरिएको बताए ।