२८ असार २०८३, आइतबार

वर्तमान हवाई नीति नै हवाई क्षेत्रको विकासको बाधक : महानिर्देशक अधिकारी

मंसिर २१, २०७९
वर्तमान हवाई नीति नै हवाई क्षेत्रको विकासको बाधक : महानिर्देशक अधिकारी

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले वर्तमान हवाई नीति नै हवाई क्षेत्रको विकासको बाधक भएको बताएका छन् । बुधवार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कार्यक्रममा बोल्दै उनले सरकारको हवाई क्षेत्र विकासको प्रतिबद्धता र राष्ट्रिय हवाई नीति कमजोर भएको कारण हवाई क्षेत्रको विकास हुन नसकेको बताए । 

महानिर्देशक अधिकारीले सरकारले नयाँ हवाई नीति बनाउँदा अहिले हवाई क्षेत्रमा देखिएका नयाँ चुनौतीलाई समेत सम्बोधन हुनेगरी लेख्न आवश्यक रहेको बताए । उनले हवाई नीतिमा एउटा पर्यटन क्षेत्रको लागि मात्रै हवाई उडानको विकास हुनुपर्छ भन्ने साघँुरो सोचबाट माथि उठेर नीति बनाउन आवश्यक रहेको धारणा राखे । उनले  नागरिक उड्डयन प्राधिकरणका पूर्वप्रमुख वा मन्त्रालयका जानकारले मात्रै नीति बनाएर काम नहुने भन्दै बृहत अर्थ बुझेका विज्ञहरूबाट हवाई नीति बनाउनुपर्ने बताए । 

उनले हाम्रो देश वातावरणीय प्रभावलाई देखाएर विमानस्थलहरू बनाउन नसकिएको तर टर्कीले २५ लाख रुख काटेर विमानस्थल बनाएको बताए । उनले अहिले त्यो विमानस्थलमा ९ करोड हवाई यात्रु उडान गरिरहेको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्