
निर्वाचन आयोगले बुधबार गरेको समानुपातिकतर्फको सिट बाँडफाँडअनुसार कर्णाली प्रदेशमा ५ पार्टीको प्रतिनिधित्व भएको छ । जसमा नेकपा एमाले र कांग्रेसले सर्वाधिक ५–५ सिट पाउँदा माओवादी केन्द्रले ४ सिट पाएको छ ।
यस्तै नेकपा एकीकृत समाजवादीले पनि बाँडफाँडबाट १ सिट पाएको छ । यस्तै राप्रपाले पनि एक सिट पाएको छ । कर्णाली प्रदेशसभामा समानुपातिकतर्फ १६ जना निर्वाचित हुन्छन् ।
यसैगरी सुदूरपश्चिम प्रदेशसभामा ६ पार्टीको प्रतिनिधित्व हुँदा एमालेले ७ सिट पाएको छ ।
यस्तै कांग्रेसले कांग्रेसले पनि ७ सिट पाउँदा माओवादी केन्द्रले ३, नागरिक उन्मुक्ति पार्टीले २ तथा राप्रपा र नेकपा एकीकृत समाजवादी पार्टीले १–१ सिट पाएका छन् । सुदूरपश्चिम प्रदेशसभामा समानुपातिकतर्फ २१ जना निर्वाचित हुने व्यवस्था रहेको छ।