२६ असार २०८३, शुक्रबार

गुजरात र हिमाचल प्रदेश विधानसभाको नतिजा आज आउने

मंसिर २२, २०७९
गुजरात र हिमाचल प्रदेश विधानसभाको नतिजा आज आउने
तस्बिर : अमर उजाला

भारतमा भएको विधानसभा चुनावको नतिजा आउनेक्रम जारी छ । सोहीक्रममा आज गुजरात र हिमाचल प्रदेश विधानसभा चुनावको नतिजा आउनेछ । आज विहान ८ बजेदेखि मतगणना शुरु हुने भारतीय मिडियाले समाचार लेखेका छन् । 

गुजरातलाई भारतीय जनता पार्टी (भाजपा) को गढको रुपमा हेरिन्छ । राजधानी दिल्लीमा बहुमत ल्याएको आम आदमी पार्टीले गुजरातमा कस्तो परिणाम ल्याउँछ भारतीय नागरिकको चासोको विषय बनेको छ । यहाँ यस पटक भाजपा, आम आदमी पार्टी र कांग्रेसबीच त्रिकोणात्मक टक्कर हुन सक्ने विश्वास गरिएको छ ।

एग्जिट पोलका अनुसार गुजरातमा निरन्तर भाजपाले जित निकाल्दै आएको छ । यसअघि छ पटकको निर्वाचनमा उसले बाजी मारेको थियो । अव सातौं पटकको बाजी मार्ने दाउमा सो दल लागेको छ । तर हिमाचलमा भाजपा र कांग्रेसबीच टक्कर हुने विश्लेषण भारतीय सञ्चार माध्यमले गरेका छन् । 

आजै पाँच राज्यको छ विधानसभा सिट र मैनपुरी लोकसभा सिटका लागि भएको उपचुनावको मतगणना पनि शुरु हुने बताइएको छ । यूपीको रामपुर, खतोलीको अलावा ओडिशाको पदमपुर, राजस्थानको सरदारशहर, विहारको कुढनी, छत्तीसगढको भानुप्रतापपुर विधानसभा सिटको नतिजा आउन आउने बताइएको छ । 

मतगणना स्थलमा कडा सुरक्षा

आज विहान ८ बजेदेखि शुरु हुने मतगणना स्थलमा कडा सुरक्षा व्यवस्था मिलाइएको सञ्चार माध्यमले समाचार लेखेका छन् । गुजरातका मुख्य चुनाव अधिकारी भारतीका अनुसार १८२ विधानसभा सिटको गणनाका लागि निरीक्षक र सहायक चुनाव अधिकारी नियुक्त गरिएको छ । त्यसकालागि १८२ मतगणना निरीक्षक र ४९४ सहायक चुनाव अधिकारी नियुक्त गरिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्