×

NMB BANK
NIC ASIA

बाढीका कारण तराईको जनजीवन अस्तव्यस्त, बिजुली र मोबाइल अवरुद्ध

कात्तिक २०, २०७४

NTC
Premier Steels
जनकपुरधाम २९ साउन - तीन दिन देखि परेको अविरल वर्षाका कारण धनुषा लगायत मध्य तराइका जिल्लाहरु डुवानमा परेका छन् । तराइका प्रायः जसो घरहरुमा  पानी पसेको छ । सदरमुकाम जनकपुरमा रहेका सडकहरु तलाउमा परिणत भएका छन् । सरकारी कार्यालयहरुमा समेत पानी पसेको कारण कार्यालयको कामकाज प्रभावित भएको छ ।


सडकहरु समेत ठप्प भएका कारण आवागमन पुर्णतः ठप्प भएको छ । सर्वसाधारण नागरिकको जनजीवन नराम्ररी प्रभावित भएको छ । विद्यालय र कलेजहरु बर्षाका कारण आइतबार देखि मंगलबार सम्म तीन दिनका लागि बन्द गरिएको छ ।

वर्षाको कारणले गर्दा धनुषामा विद्युत आपुर्ती ठप्प भएको छ । विद्युत प्राधिकरण जनकपुरका कार्यालय प्रमुख जितेन्द्र कुमार झाका अनुसार जनकपुरको कतिपय स्थानमा तार झरेको, पोल ढलेका कारण विद्युत आपुर्ती ठप्प गरिएको हो । त्यसै गरी महेन्द्रनगरमा मुख्य प्रसारण लाइन प्रभावित भएका कारण विहान देखि नै विद्युत आपुर्ती ठप्प भएपनि विद्युत आपुर्ती सुचारु ग्र्न प्रविधिक टोली विहानै देखि प्रयासरत रहेको अवस्थामा अबेर राती सम्म सुचारु हुने बताइएको छ ।

जनकपुरबाट सञ्चलन हुने सानो तथा लामो दुरीका सार्वजनिक सवारी साधनहरु ठप्प भएको छ । अविरल वर्षाका कारण राजमार्गहरु अबरुद्ध भएका कारण जनकपुरबाट पुर्व तर्फ जाने धरान, बिराटनगर, काँकडभिट्टा, तथा राजधानी काठमाडौं सहित पश्चिम तर्फका लागि छुटने सवारी साधनहरु सञ्चलन हुन सकेको छैन ।

जनकपुरबाट महोत्तरी सदरमुकाम जलेश्वर, सर्लाही सदरमुकाम मलंगवा लगायत विभिन्न सहायक मार्गहरुमा यतायातका साधन सुचारी हुन सकेन । अविरल वर्षाकै कारण धनुषा महोत्तरी सिमानामा रहेको रातु पुलको पश्चिम तर्फबाट चौथो पिलर भासिएपछि राजमार्गमा ठुला सवारी साधन सञ्चालन हुन सकेको छैन । सानो दुरीका लागि मोटरसाइकल र चार चक्का पुलबाट आवत जावत गर्न स्थानीय प्रशासनले छुट दिएका छन् ।

महोत्तरी सदरमुकाममा दर्जनौ कार्यालय डुवानमा

विगत केहि दिन देखिको निरन्तर वर्षाले रातो, भव्सी, विग्ही र जंघा नदीमा वाढी आउदा सदरमुकाम जलेश्वरसंगै जिल्लाका अधिकांश गाउ तथा नगरहरु जलमग्न भएका छन् । सदरमुकाम स्थित दुर्गाचोक, बुद्धिजीवीचोक, नगरपालिकाचोक, खैराचोक लगायतको स्थानमा दुई देखि चार फिटसम्म पानी वगेको छ भने जलेश्वर नगरपालिका का सवै वडामा पानी पसेपछि सयौ मानिस विस्थापित भएका छन ।

जिल्लाको करिव ७० प्रतिशत वस्ती डुवानमा रहेकोमा नेपाली सेना,शसस्त्र प्रहरी र नेपाल प्रहरी शनिवार देखि नै उद्धारको कार्यमा लागेको प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवले बताए । उनले लोहारपटटीमा वस्ती भित्रै पानी पसेपछि स्थानियहरु रुख र स्काभेटरको माथी चढेर ज्यान जोगाएको उनले जनाए ।

सुरक्षा दिने निकाय आफै डुवानमा

महोत्तरीका सवै सुरक्षा दिने निकायहरु स्वयम डुवानमा परेको छ । सदरमुकाम स्थित प्रकौली व्यारेक परिसरमै वाढीको पानी तिन फिट भन्दा माथी पसेको छ ।

त्यसतै शसस्त्र प्रहरीको जलसागर स्थित कार्यालयबाट जलेश्वर आउन बाटो पुर्ण रुपमा अवरुद्ध भएपछि राहत कार्यमा कठिनाई भएको छ । त्यसतै जिल्ला प्रहरी कार्यालय वाहिर तिन फिट भन्दा माथी पानी रहेको छ भने कार्यालय परिसरमै चार फिट भन्दा बढी पानी पस्दा प्रहरी कार्यालय भित्रको मुद्दा फाट, थुनुवा,संचार महिला तथा वालवालिका सेवा केन्द्र डुवेको छ ।

सर्लाही

अविरल वर्षाका कारण सर्लाहीमा ३ जनाको मृत्यु र १ जना वेपता भएका छन् । यस अघि वर्षाको पानीले घर भत्किएर किच्दा धनकौल गाउँपालिका–१ मानपुरका ७५ वर्षीय वृद्ध किशोरी रायको मृत्यु भएको प्रहरीले जनाएको छ । खरले छाएको कच्ची घर भत्किएर किच्दा भित्र सुतिरहेका रायको घटना स्थलमै मृत्यु भएको हो ।

यता लखन्देही खोलाले बगाएर सर्लाहीको हरिपुरमा एक व्यक्ति बेपत्ता भएका छन् । हरिपुर नगरपालिका–८ कछडिया टोल बस्ने ५० वर्षीय भुकल कुँवरलाई खोलाले बगाएर बेपत्ता बनाएको ईलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ । खोला किनारमा झुपडी बनाएर बस्दै आएका कँुवरलाई राती खोलामा आएको बाढीले झुपडी सहित बगाएको स्थानीयले बताए । सर्लाहीको सागरनाथ जंगल खण्ड स्थित पूर्व–पश्चिम राजमार्गमा पर्ने अमुवा पुल छेउको सडक बगाउँदा यातायात अवरुद्ध भएको छ ।

रौतहट लगायत बारा, पर्सामा पनि बाढीका कारण जनजीवन प्रभावित भएको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x