२४ असार २०८३, बुधबार

बाढीका कारण तराईको जनजीवन अस्तव्यस्त, बिजुली र मोबाइल अवरुद्ध

कात्तिक २०, २०७४
बाढीका कारण तराईको जनजीवन अस्तव्यस्त, बिजुली र मोबाइल अवरुद्ध
जनकपुरधाम २९ साउन - तीन दिन देखि परेको अविरल वर्षाका कारण धनुषा लगायत मध्य तराइका जिल्लाहरु डुवानमा परेका छन् । तराइका प्रायः जसो घरहरुमा  पानी पसेको छ । सदरमुकाम जनकपुरमा रहेका सडकहरु तलाउमा परिणत भएका छन् । सरकारी कार्यालयहरुमा समेत पानी पसेको कारण कार्यालयको कामकाज प्रभावित भएको छ ।


सडकहरु समेत ठप्प भएका कारण आवागमन पुर्णतः ठप्प भएको छ । सर्वसाधारण नागरिकको जनजीवन नराम्ररी प्रभावित भएको छ । विद्यालय र कलेजहरु बर्षाका कारण आइतबार देखि मंगलबार सम्म तीन दिनका लागि बन्द गरिएको छ ।

वर्षाको कारणले गर्दा धनुषामा विद्युत आपुर्ती ठप्प भएको छ । विद्युत प्राधिकरण जनकपुरका कार्यालय प्रमुख जितेन्द्र कुमार झाका अनुसार जनकपुरको कतिपय स्थानमा तार झरेको, पोल ढलेका कारण विद्युत आपुर्ती ठप्प गरिएको हो । त्यसै गरी महेन्द्रनगरमा मुख्य प्रसारण लाइन प्रभावित भएका कारण विहान देखि नै विद्युत आपुर्ती ठप्प भएपनि विद्युत आपुर्ती सुचारु ग्र्न प्रविधिक टोली विहानै देखि प्रयासरत रहेको अवस्थामा अबेर राती सम्म सुचारु हुने बताइएको छ ।

जनकपुरबाट सञ्चलन हुने सानो तथा लामो दुरीका सार्वजनिक सवारी साधनहरु ठप्प भएको छ । अविरल वर्षाका कारण राजमार्गहरु अबरुद्ध भएका कारण जनकपुरबाट पुर्व तर्फ जाने धरान, बिराटनगर, काँकडभिट्टा, तथा राजधानी काठमाडौं सहित पश्चिम तर्फका लागि छुटने सवारी साधनहरु सञ्चलन हुन सकेको छैन ।

जनकपुरबाट महोत्तरी सदरमुकाम जलेश्वर, सर्लाही सदरमुकाम मलंगवा लगायत विभिन्न सहायक मार्गहरुमा यतायातका साधन सुचारी हुन सकेन । अविरल वर्षाकै कारण धनुषा महोत्तरी सिमानामा रहेको रातु पुलको पश्चिम तर्फबाट चौथो पिलर भासिएपछि राजमार्गमा ठुला सवारी साधन सञ्चालन हुन सकेको छैन । सानो दुरीका लागि मोटरसाइकल र चार चक्का पुलबाट आवत जावत गर्न स्थानीय प्रशासनले छुट दिएका छन् ।

महोत्तरी सदरमुकाममा दर्जनौ कार्यालय डुवानमा

विगत केहि दिन देखिको निरन्तर वर्षाले रातो, भव्सी, विग्ही र जंघा नदीमा वाढी आउदा सदरमुकाम जलेश्वरसंगै जिल्लाका अधिकांश गाउ तथा नगरहरु जलमग्न भएका छन् । सदरमुकाम स्थित दुर्गाचोक, बुद्धिजीवीचोक, नगरपालिकाचोक, खैराचोक लगायतको स्थानमा दुई देखि चार फिटसम्म पानी वगेको छ भने जलेश्वर नगरपालिका का सवै वडामा पानी पसेपछि सयौ मानिस विस्थापित भएका छन ।

जिल्लाको करिव ७० प्रतिशत वस्ती डुवानमा रहेकोमा नेपाली सेना,शसस्त्र प्रहरी र नेपाल प्रहरी शनिवार देखि नै उद्धारको कार्यमा लागेको प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवले बताए । उनले लोहारपटटीमा वस्ती भित्रै पानी पसेपछि स्थानियहरु रुख र स्काभेटरको माथी चढेर ज्यान जोगाएको उनले जनाए ।

सुरक्षा दिने निकाय आफै डुवानमा

महोत्तरीका सवै सुरक्षा दिने निकायहरु स्वयम डुवानमा परेको छ । सदरमुकाम स्थित प्रकौली व्यारेक परिसरमै वाढीको पानी तिन फिट भन्दा माथी पसेको छ ।

त्यसतै शसस्त्र प्रहरीको जलसागर स्थित कार्यालयबाट जलेश्वर आउन बाटो पुर्ण रुपमा अवरुद्ध भएपछि राहत कार्यमा कठिनाई भएको छ । त्यसतै जिल्ला प्रहरी कार्यालय वाहिर तिन फिट भन्दा माथी पानी रहेको छ भने कार्यालय परिसरमै चार फिट भन्दा बढी पानी पस्दा प्रहरी कार्यालय भित्रको मुद्दा फाट, थुनुवा,संचार महिला तथा वालवालिका सेवा केन्द्र डुवेको छ ।

सर्लाही

अविरल वर्षाका कारण सर्लाहीमा ३ जनाको मृत्यु र १ जना वेपता भएका छन् । यस अघि वर्षाको पानीले घर भत्किएर किच्दा धनकौल गाउँपालिका–१ मानपुरका ७५ वर्षीय वृद्ध किशोरी रायको मृत्यु भएको प्रहरीले जनाएको छ । खरले छाएको कच्ची घर भत्किएर किच्दा भित्र सुतिरहेका रायको घटना स्थलमै मृत्यु भएको हो ।

यता लखन्देही खोलाले बगाएर सर्लाहीको हरिपुरमा एक व्यक्ति बेपत्ता भएका छन् । हरिपुर नगरपालिका–८ कछडिया टोल बस्ने ५० वर्षीय भुकल कुँवरलाई खोलाले बगाएर बेपत्ता बनाएको ईलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ । खोला किनारमा झुपडी बनाएर बस्दै आएका कँुवरलाई राती खोलामा आएको बाढीले झुपडी सहित बगाएको स्थानीयले बताए । सर्लाहीको सागरनाथ जंगल खण्ड स्थित पूर्व–पश्चिम राजमार्गमा पर्ने अमुवा पुल छेउको सडक बगाउँदा यातायात अवरुद्ध भएको छ ।

रौतहट लगायत बारा, पर्सामा पनि बाढीका कारण जनजीवन प्रभावित भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्