काठमाडौं २९ साउन - नेपाली कांग्रेसले आफ्ना सांसदको एक महिनाको तलव बाढीपीडितहरुको लागि उपलव्ध गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले सांसदहरुको एक महिनाको तलव बाढीपीडितको कोषमा उपलव्ध गराउने निर्णय गरेको केन्द्रीय सदस्य धनराज गुरुङले जानकारी दिए ।
कांग्रेसले राहत संकलनमा पार्टीको सबै संयन्त्र परिचालन गर्ने पनि निर्णय गरेको छ ।