माघ १९, २०७९
स्टेपिङ स्टोन इंग्लिस बोर्डिङ स्कुलले दीपेन्द्र श्वार मेमोरियल (डीसीए) कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । फाप्ला क्रिकेट मैदानमा बुधबार सम्पन्न भएको फाइनलमा लिटिल फ्लवार स्कुललाई १० रनले पराजित गर्दै सो स्कूल...
कतारमा भइरहेको फूटबल विश्वकप धेरै अर्थमा यादगार भएको छ ।
यसमा घागडान मानिएका जर्मनी र बेल्जियम जस्ता टीमहरू समूह चरणबाटै बाहिरिएका छन् । अनि साउदी अरबले अर्जेन्टिनालाई, क्यामरूनले ब्राजिललाई र जापानले जर्मनीलाई हराएर अनपेक्षित प्रदर्शन गरेका थिए ।
अब प्रतियोगितामा आठवटा मात्र टीम बाँकी छन् । डिसेम्बर १८ मा हुने फाइनलमा कसले ट्रफी उचाल्ला भनी अनुमान गर्न गाह्रो छ ।
दक्षिण अमेरिकाका दुई टोली ब्राजिल र अर्जेन्टिना गजबको फर्ममा छन् । फूटबल जगतका महान् खेलाडी लियोनल मेसीको यो अन्तिम विश्वकप हो र ट्रफी उचालेर उनलाई भव्य बिदाइ गर्ने सोच अर्जेन्टिनीहरूले बनाएका छन् । मेसीले विश्वकप जितेमा उनी डिएगो म्याराडोनासँगै देशका अमर खेलाडीका रूपमा दर्ज हुनेछन् ।
मेसीले कतारमा जादूयी खेल देखाएका छन् । भरे राति नेदरल्यान्ड्सले अर्जेन्टिनाविरुद्धको खेलमा मेसीलाई रोकेर राख्ने रणनीति बनाएको हुनुपर्छ ।
उता ब्राजिलले पनि विपक्षी टोलीहरूलाई कडै चुनौती दिइरहेको छ । ब्राजिली खेलाडीहरूले शानदार फूटबल प्रदर्शन गर्दै निकै सुन्दर गोल गरेका छन् ।
रिचार्लीसनले गरेको गोल प्रतियोगितामा अहिलेसम्मकै सर्वाधिक सुन्दर गोल हो । अनि ब्राजिलका सुपरस्टार नेयमार पनि चोटपछि खेलमा फर्केका छन् ।
सन् २०१८ को विश्वकपको उपविजेता क्रोएसियालाई ब्राजिलले हलुका रूपमा लिन मिल्दैन । लुका मोड्रिचको नेतृत्वमा रहेको क्रोएसियाले सुन्दर खेल नदेखाइरहेको भए पनि लगातार जितिरहेको छ ।
उता साबित विजेता फ्रान्स आफ्ना सर्वाधिक खतरनाक खेलाडी किलियन एम्बाप्पेको शक्तिका साथ फेरि विश्वकप ट्रफी उचाल्न सक्ने छाँट देखाइरहेको छ । एम्बाप्पेले प्रतियोगितामा पाँच गोल गरेर आफूलाई गोल्डेन बूटको दाबेदार बनाएका छन् । क्वार्टरफाइनलमा इंग्ल्यान्डसँग फ्रान्सको भिडन्त निकै रोचक हुनेछ ।
इंग्ल्यान्डले ठूला प्रतियोगिताहरूमा माथिसम्म पुग्ने तर उपाधि नजित्ने गर्दै आएको छ । उसले प्रमुख प्रतियोगिता नजितेको ५० वर्ष भइसकेको छ । इरान र सेनेगलविरुद्ध भव्य प्रदर्शन गरेर इंग्ल्यान्डले आफ्नो दम देखाइसकेको छ तर फ्रान्स जस्तो बलियो विपक्षीलाई हराउन उसका लागि फलामको च्यूरा चपाएसरी हुनेछ ।
पोर्चुगलको कुरा गर्नुपर्दा राउन्ड अफ १६ मा उसले स्विट्जरल्यान्डलाई ध्वस्त बनाएर आफू गजबको फर्ममा रहेको प्रमाणित गरेको छ । सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्दा पोर्चुगलका युवा खेलाडीहरूले मौका पाएर टीमलाई थप गतिमान बनाएका हुन् ।
क्वार्टरफाइनलमा अफ्रिकाको एक मात्र टोली मोरक्को पुगेको छ र उसलाई पोर्चुगलले हलुकामा लिन मिल्दैन । स्पेनलाई राउन्ड अफ १६ मा हराएर उच्च मनोबल बनाएको मोरक्कोको डिफेन्स निकै बलियो छ । उसका थप समर्थकहरू कतार आएर उसको हौसला बढाइरहेका छन् ।
स्टेपिङ स्टोन इंग्लिस बोर्डिङ स्कुलले दीपेन्द्र श्वार मेमोरियल (डीसीए) कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । फाप्ला क्रिकेट मैदानमा बुधबार सम्पन्न भएको फाइनलमा लिटिल फ्लवार स्कुललाई १० रनले पराजित गर्दै सो स्कूल...
यही फेब्रुअरी ५ देखि ८ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई) को फुजराहमा आयोजना हुने १०औं फुजराह ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन २० सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । खेलमा...
काभ्रेपलाञ्चोकमा बृहत खेलकुद महोत्सवको तयारी गरिएको छ । जिल्ला समन्वय समिति तथा जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा भोलि शुक्रबारदेखि पनौतीस्थित क्षेत्रीय रङ्गशालामा खेलकुद महोत्सव हुनेछ । बु...
विराटनगरमा तेक्वान्दो खेलको ग्रेडिङ परीक्षा बिहीबारदेखि यहाँ सुरू भएको छ । प्रदेश नं १ आइटिएफ तेक्वान्दो सङ्घको आयोजनामा सुरु भएको ग्रेडिङ परीक्षामा तेक्वान्दोको कालोपेटी प्रथम, कालोपेटी दोस्रो र कालोपेटी ...
नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछानेले छिट्टै खेलमा फर्किने आयशको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले मैदानमा छिट्टै भेट हुने आशय व्यक्त गरेका हुन् । ‘समयसँगै फेरि भेट होला&rs...
चितवनको माडी नगरपालिकाको आयोजनामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुधबारबाट शुरु भएको छ । वसन्तपुर बजारस्थित खुल्ला चौरमा शुरू भएको सो प्रतियोगिताको माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले स...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...