२४ जेठ २०८३, आइतबार

कञ्चनपुरमा डेंगु संक्रमण घट्यो

मंसिर २४, २०७९
कञ्चनपुरमा डेंगु संक्रमण घट्यो
प्रतिकात्मक तस्वीर

चिसो शुरू भएसँगै कञ्चनपुरमा डेंगुको संक्रमण घट्दै गएको छ ।

केही महिनाअघिसम्म तीव्ररूपमा फैलिएको डेंगुको संक्रमण कम हुँदै गएको हो । 

१ महिनाअघिको तुलनामा संक्रमण कम भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले जानकारी दिए । ‘पछिल्लो केही महिनायता डेंगु संक्रमणमा कमी आएको छ, कहिलेकाहीँ फाट्टफुट्ट मात्रै बिरामी आइरहेका छन्,’ उनले भने ।

चिसोमा डेंगु सार्ने लामखुट्टेको उत्पादन र वृद्धि विकास कम हुने हुनाले संक्रमण कम हुँदै गएको महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. अर्जुन भट्टले बताए ।

स्वास्थ्य कार्यालयले समुदायस्तरमा लामखुट्टेको खोजी र नष्ट अभियान चलाएकाले पनि संक्रमणमा कमी आएको उनले बताए । महाकाली अस्पतालमा पछिल्लो समय डेंगुका बिरामी फाट्टफुट्ट आउने गरेका छन् ।

उनले भने, ‘दम, सुगर, प्रेसर, ज्वरोका बिरामी अस्पतालमा आइरहेका छन् ।’ महाकाली अस्पतालमा अहिलेसम्म २५० जना डेंगुका बिरामी फेला परेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्