०९ साउन २०८३, शनिबार

एमाले सचिवालय बैठक : समानुपातिक सांसदको नाम टुंगो लगाउँदै

मंसिर २४, २०७९
एमाले सचिवालय बैठक : समानुपातिक सांसदको नाम टुंगो लगाउँदै

समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरूको नाम टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक शुरु भएको हो । बिहान ११ बजे नै बैठक बस्ने भनिए पनि केही ढिलो गरी बैठक शुरु भएको छ । 

एमालेले मंसिर ४ गते सम्पन्न निर्वाचनबाट समानुपातिकतर्फ प्रतिनिधि सभामा ३४ सिट जितेको छ । उक्त सिटमा विभिन्न क्लष्टरसमेत मिलाई निर्वाचन हुने सांसदको नाम यसअघि निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीका आधारमा छनोट गर्नुपर्ने छ । एमालेले प्रत्यक्षमा ४४ सीट जितेको थियो ।

समानुपातिक सांसदको टुंगो लगाएर आज ४ बजे अघि नै निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले दलहरू छलफलमा जुटिरहेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसमेत छलफलमा जुटिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्