१० साउन २०८३, आइतबार
प्रतिनिधिसभा निर्वाचन २०७९

माओवादी केन्द्रले टुंगो लगायो १४ जना समानुपातिक सांसद, एक जना नेसपाबाट

मंसिर २४, २०७९
माओवादी केन्द्रले टुंगो लगायो १४ जना समानुपातिक सांसद, एक जना नेसपाबाट

नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभातर्फ १४ जना समानुपातिक सांसदको टुंगो लगाएको छ ।

शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकबाट समानुपातिक उम्मेदवार छनोट गरिएको हो । माओवादी केन्द्रले टुंगो लगाएका १४ जना सांसदमध्ये मधेशी कोटाको एक जना सांसद भने डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बाट समावेश गरिएको छ ।

मंसिर ४ मा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले एउटै चुनाव चिन्हमा निर्वाचनमा सहभागी भएका थिए । उनीहरुले समानुपातिक उम्मेदवारको सूची पनि माओवादी केन्द्रकै तर्फबाट निर्वाचन आयोगमा बुझाएका थिए । 

महिलातर्फ
दुर्गा राई
मीना तामाङ
उर्मिला माझी पौडेल
छिरिङ ल्यामु लामा तामाङ

खस–आर्यतर्फ
हितराज पाण्डे
ज्ञानु बस्नेत सुवेदी
विमला सुवेदी
नारायणी शर्मा

थारुतर्फ
रुपा सोसी चौधरी

दलिततर्फ
रणेन्द्र बराइली
सुशिला श्रीपाली ठकुरी

मधेशीतर्फ
मिना यादव
उमरावती देवी यादव

मुस्लिमतर्फ
कल्पना मियाँ
 

salt training

कमेन्ट गर्नुहोस्