
लुम्बिनी प्रदेश सभामा नेकपा एकीकृत समाजबादीबाट भगवती अधिकारी घिमिरे सांसद बनेका छन् । पार्टीको स्थायी कमिटी बैठकले घिमिरेलाई सांसद टुंगो लगाएको हो । पार्टी केन्द्रीय सदस्य घिमिरे रुपन्देहीको तिलोत्तमा निवासी हुन् ।
उनी नेकपा एसका प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेनिकट नेतृ हुन् । नेकपा एसले लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फ एउटा पनि सिट जित्न सकेको छैन । उनी पार्टीको तर्फबाट एक्ली सांसद बनेकी छन । यस अगाडि पनि लुम्बिनी प्रदेश सभामा नेकपा एसबाट एक्ली रमा घर्ती मात्र थिइन् । लुम्बिनी प्रदेश सभा प्रत्यक्षतर्फ ५२ र समानुपातिक ३५ गरी ८७ सदस्यीय छ ।