
कतार विश्वकपमा चम्किरहेको मोरोक्को इतिहासमा नाम लेखाउने दाउमा छ । उत्तर अफ्रिकी देश मोरोक्कोले शनिबार राति भइरहेको विश्वकपको क्वार्टरफाइनल खेलमा पोर्चुगललाई दववामा राखेको छ ।
पहिलो हाफमा १–० ले अग्रता बनाएको मोरोक्को अग्रतालाई कायमै राख्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ ।
पोर्चुगलविरुद्ध जारी खेलको ४२ औं मिनेटमा मोरोक्कोका युसेफले गोल गरेका हुन् । अल थुमामा रंगशालामा जारी क्वार्टरफाइनल खेलमा पहिलो हाफमा गोल खाएपछि पोर्चुगल दबाबमा परे को छ ।
आजको खेलमा विजयी भएमा मोरोक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देश बन्नेछ ।