११ साउन २०८३, सोमबार

विद्यालय नियमित सञ्चालन गर्न महायज्ञ गर्नुपर्ने बाध्यता

मंसिर २५, २०७९
विद्यालय नियमित सञ्चालन गर्न महायज्ञ गर्नुपर्ने बाध्यता
फाइल तस्बिर

पूर्वी नवलपरासीको देवचुलीस्थित पशुपति साङ्गवेद आवासीय माध्यमिक विद्यालय सञ्चालन गर्नका लागि हरेक वर्ष धनधान्याञ्चल महायज्ञ गर्नुपर्ने बाध्यता रहेको छ । विसं २०४६ चैत २२ गते रामनवमीको दिन संस्कृत शिक्षा प्रदान गर्ने ध्येयले स्थापित सो विद्यालयमा आवासीय रूपमा कक्षा ६ देखि कक्षा १० सम्म  अध्यापन हुनेगरेको छ । हरेक वर्ष स्थानीयवासीले धनधान्याञ्चल महायज्ञ आयोजना गरेर सञ्चालनको खर्च जोहो गर्दैआइरहेका छन् ।

विद्यालयमा आवासीय रूपमा रहेर अध्ययनरत विद्यार्थीको पठनपाठन, भोजन, आवासलगायतको व्यवस्थाका लागि हरेक वर्ष विद्यालयमा धनधान्याञ्चल ज्ञान महायज्ञ आयोजना गरेर खर्च व्यवस्थापन गर्ने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिभक्त भट्टराईले बताए । यस वर्ष पनि यही मङ्सिर २२ गतेदेखि अखिल नेपाल सन्त सम्मेलन एवं  शतचण्डी धनधान्याञ्चल ज्ञान महायज्ञ आयोजना गरिएको उनले जानकारी दिए । 

अध्यक्ष भट्टराईका अनुसार विद्यालयमा अहिले कक्षा ६ देखि १० सम्म गरेर ७० जना विद्यार्थी आवासीयरूपमा रहेर अध्ययन गर्दैआएका छन । विद्यालयमा सरकारी दरबन्दीका आठ शिक्षकको तलब भत्ताबाहेक अन्य सरकारी सहयोग नआउने गरेको उनले गुनासो गरे । “स्थानीय तह र प्रदेश सरकार टुक्रे योजना र सामान्य अनुदानबाहेक राज्यबाट थप केही आउँदैन, विद्यार्थीको पठनपाठन, भोजन, आवासलगायतको व्यवस्थाका लागि हरेक वर्ष धनधान्याञ्चल आयोजना गर्नुपर्ने बाध्यता रहेको छ” उनले सुनाए । 

ब्रह्मलीन क्षोत्रीय ब्रह्मनिष्ठ श्री १००८ स्वामी सच्चिदानन्द पुरीले वैदिक वाङ्मय एवं षोडश संस्कार संरक्षणको अवधारणाअनुसार पूर्वी नवलपरासीको देवचुली –१५ मा विद्यालयको स्थापना गर्नुभएको थियो । विद्यालयमा आवासीय रूपमा रहने विद्यार्थीको भोजन, आवासलगायतका अत्यावश्यक वस्तुको व्यवस्थापनका लागि विसं २०५६ देखि पशुपति वैदिक आश्रम (ट्रष्ट) को स्थापना गरेर विद्यालयको दैनिक खर्च व्यवस्थापन आश्रमको मातहतमा गरिँदैआएको छ ।

महायज्ञमा सङ्कलन भएको धान र चामल तथा अन्य जिन्सी सामान बिक्री तथा सङ्कलन भएको नगद रकमले सञ्चालित सो विद्यालयलाई सरकारले ध्यान दिन स्थानीयवासीले माग गरेका छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्