०३ असार २०८३, बुधबार

निर्देशक असिम शाह राष्ट्रिय स्वतन्त्र पार्टीबाट बने समानुपातिक सांसद

मंसिर २५, २०७९
निर्देशक असिम शाह राष्ट्रिय स्वतन्त्र पार्टीबाट बने समानुपातिक सांसद

फिल्म निर्देशक असिम शाह रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले शनिवार निर्वाचन आयोगमा बुझाएको १३ जना सांसदको सूचीमा शाहको नाम पनि समावेश छन् । 

उनी चलचित्र ‘दुई रुपैयाँ’का निर्देशक एवं निर्माता हुन् । जुन चलचित्रमा समावेश गीत ‘कुटुमा कुटु’ हालसम्मकै सर्वाधिक हेरिएको गीत हो । त्यसअघि उनले ‘कर्कश’ नामक फिल्मसमेत निर्माण गरेका थिए । विज्ञापन र सांगीतिक क्षेत्रलाई समेत प्रतिनिधित्व गर्दै आएका शाह उद्घोषकसमेत हुन् । मुस्लिम समुदायको तर्फबाट शाह सांसद छानिएका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्