१२ असार २०८३, शुक्रबार

बाढी–पहिरोले सात वर्षमा २५ सयको मृत्यु, नेपालमा कस्ता प्रकोपबाट मृत्यु हुन्छ ?

कात्तिक २०, २०७४
बाढी–पहिरोले सात वर्षमा २५ सयको मृत्यु, नेपालमा कस्ता प्रकोपबाट मृत्यु हुन्छ ?

काठमाडौँ, ३० साउन - प्राकृतिक प्रकोपबाट सात वर्षमा २ हजार ५ सय भन्दा बढीको मृत्यु भएको छ । यस अवधिमा बेपत्ता हुनेको संख्या झन्डै सात सय छ । गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट मृत्यु हुनेको संख्या पछिल्ला वर्षहरूमा उस्तै अनुपातमा रहेको खबर नयाँ पत्रिकाले छापेको छ ।badhi tarai

नेपालमा बाहै्र महिना विभिन्न घटनामा मानिसको मृत्यु हुने गरेको छ । तर, सबैभन्दा धेरै मनसुनको अवधिमा मानिसको मृत्यु तथा बेपत्ता हुनेको संख्या धेरै हुन्छ । यस समयमा धेरै पानी पर्ने भएकाले बाढीपहिरोबाट धेरैको मृत्यु हुने गरेको हो । नेपालमा १६ किसिमका प्राकृतिक प्रकोपबाट भौतिक र मानवीय क्षति हुने गरेको छ । जसमा बाढीपहिरो, हिउँपहिरो, चट्याङ, असिनालगायतका प्रकोप छन् । त्यसैगरी, डुंगा पल्टिँदा हुने मृत्यु, शीतलहर, डुबान, भूकम्प, महामारी, आगलागी, भारी वर्षा, आँधीहुरी, हिमपात, अचानक आउने बाढी र पुल भत्किँदा धेरैको मृत्यु हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्