१० असार २०८३, बुधबार

विश्वकप फुटबलको सट्टेबाजी गराउने कार्यमा संलग्न दुई जना राजधानीबाट पक्राउ

मंसिर २५, २०७९
विश्वकप फुटबलको सट्टेबाजी गराउने कार्यमा संलग्न दुई जना राजधानीबाट पक्राउ

विश्वकप फुटबलको सट्टेबाजी गराउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । प्रहरीले भारतीय नागरिक पवनकुमार र रुद्र पोखरेललाई नियन्त्रणमा लिएको हो । 

विश्वकप फुटबलको सट्टेबाजी खेलाइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले उनीहरूलाई लाजिम्पाटबाट पक्राउ गरेको हो । उनीहरूले ‘डायमण्ड एप’मार्फत सट्टेबाजी खेलाउने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको उपत्यका अपराध अनुसन्धान महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

प्रहरीले उनीहरूको साथबाट विभिन्न मोडलका मोबाइलहरू बरामद गरेको छ । कुनै पनि बाहानामा सट्टेबाजी खेलाउने कार्य गैरकानूनी हो । 

salt training

कमेन्ट गर्नुहोस्