१३ असार २०८३, शनिबार

गाउँमै प्रयोगशाला

मंसिर २५, २०७९
गाउँमै प्रयोगशाला

तनहुँको भिमाद नगरपालिका- ९ भानुमतिमा स्वास्थ्य परीक्षणका लागि प्रयोगशाला स्थापना भएपछि सहज भएको छ । प्रयोगशाला सञ्चालनमा आएपछि मधुमेह लगायतको परीक्षणका लागि भीमाद बजार झर्नुपर्ने बाध्यता हटेको छ।

भिमाद नगरपालिका-९ रिठाभञ्ज्याङस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रयोगशाला सञ्चालनका लागि वडा कार्यालयले तीन लाख ५० हजार लगानी गरेको वडा सदस्य शिवकुमार आलेले जानकारी दिए ।

“मधुमेह परीक्षणका लागि पनि बजारसम्म पुग्नुपर्ने बाध्यता थियो,” उनले भने, “प्रयोगशाला सञ्चालनमा आएपछि सहज भएको छ ।”

उनका अनुसार पहिले बजारसम्म पुगेर मधुमेह परीक्षण गर्दा पाँच सयभन्दा बढी खर्च हुन्थ्यो भने अब स्थानीय स्तरमै रु एक सयमै हुने भएको छ । 

गाउँका जनतालाई सामान्य परीक्षणका लागि बजार झर्न नपरोस् भनेर प्रयोगशाला सञ्चालनमा ल्याइएको निवर्तमान वडाध्यक्ष इमानबहादुर थापाले बताए ।

स्वास्थ्य केन्द्रमा ल्याब असिस्टेन्ट, अनमी, अहेब, एचए र एक जना कार्यालय सहयोगी राखिएको छ । 

गाउँमै प्रयोगशाला सञ्चालनमा आएपछि यहाँका स्थानीय खुसी भएका छन् । सामान्य परीक्षणका लागि पनि बजार झर्नुपर्ने अवस्थाको अन्त्य भएको भिमाद–९ का श्रीमाया आलेले बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्