११ साउन २०८३, सोमबार

अप्रिल्लाको क्याच एण्ड रेन्बो राइड

मंसिर २५, २०७९
अप्रिल्लाको क्याच एण्ड रेन्बो राइड

अप्रिल्लाको आधिकारिक बिक्रेता दुगर ब्रदर एण्ड सन्स प्रालिले मंसिर २४ गते शनिवार ‘क्याच एण्ड रेन्बो’ राइड सम्पन्न गरेको छ । काठमाडौं, बालकुमारीस्थित अप्रिल्लाको सोरुमबाट मानेदोभान, पनौतीसम्म राइड आयोजना भएको थियो । राइडमा सहभागी ग्राहकहरूलाई शनिवार बिहान मानेदोभान, पनौतीको लागि भनेर यो राइडको आयोजना गरिएको थियो । 

यो राइडको थेम क्याच द रेन्बो राखिएको थियो । यो राइडको मूल सन्दर्भ देशको लोकल खाना, ठाउँ आदिलाई अन्वेषण गर्नु रहेको आयोजकले जानकारी दिएको छ ।  गएको दशैं, तिहार, छठलगायतका पर्वका अवसरमा अप्रिल्ला स्कुटर खरिद गरेका ग्राहकमध्ये फ्रि राइड कुपन प्राप्त गर्नेहरु राइडमा सहभागी भएका थिए । 

दुगर ब्रदर एण्ड सन्स प्रालिका निर्देशक विजय महतोले, ग्राहकहरूलाई एउटै परिवारमा समेटेर राइडकोआयोजना गराएको जानकारी दिए । राइडमा सहभागी ग्राहकहरूलाई मनोरञ्जन कार्यक्रम आयोजना गरिएको र अब छिटै भेस्पाको पनि राइड हुन गइरहेको कम्पनीको असिस्टेन्ट मार्केटिङ म्यानेजर अनिष खड्काले जानकारी दिए । अप्रिल्ला राइडको मूल उद्देश्य अप्रिल्ला ब्रान्डलाई परिचित गराउन पनि यो राइड गरिएको हो । 

प्रिमियम प्रडक्ट अप्रिल्ला नेपाली ग्राहकमा आकर्षण बढिरहेको पाइएको छ । प्रिमियम प्रडक्ट मन पराउने ग्राहकहरूको पहिलो रोजाई नै अप्रिल्ला आउछ । प्रालिले यस अगाडि पनि समय समयमा राइडहरु आयोजना गरेको थियो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने महतोले बताए ।   
 

salt training

कमेन्ट गर्नुहोस्