२५ असार २०८३, बिहीबार

७४ वर्षे ज्येष्ठ नागरिकद्वारा सामाजिक सुरक्षा भत्ता नलिने घोषणा

मंसिर २५, २०७९
७४ वर्षे ज्येष्ठ नागरिकद्वारा सामाजिक सुरक्षा भत्ता नलिने घोषणा

उदयपुरको कटारी नगरपालिका–११ का ७४ वर्षीय बेगबहादुर सुनुवारले सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गरेका छन् । आफू आफ्नै मेहनतको कमाइ मात्रै खाने बताउँदै सुनुवारले भत्ता नलिने घोषणा गरेका हुन् । 

एक छोरीको साथमा बस्दै आएका सुनुवारको मुख्य पेशा कृषि कर्म हो । अरुको केही पनि नलिने र नखाने स्वाभावका सुनुवारले यसअघि देखि नै भत्ता नलिने बताउँदै आएको वडाध्यक्ष अनन्त हायुले बताए । “उहाँले भत्ता लिन मान्नु भएन र नलिने घोषणा गर्नुभयो”, वडाध्यक्ष हायुले भने, “उहाँ अरुले दिएको खानु हुन्न ।”

 सुनुवारले भत्ता नलिने घोषणा गरेको जानकारी नगरपालिकालाई गराइसकेको बताउँदै वडाध्यक्ष हायुले वडाबाट विशेष सम्मान गर्ने तयारी गरेको बताए । रासस

salt training

कमेन्ट गर्नुहोस्