२६ असार २०८३, शुक्रबार

अफगानिस्तानमा यात्रुबाहक बस पल्टिँदा पाँच जनाको मृत्यु, २८ घाइते

मंसिर २५, २०७९
अफगानिस्तानमा यात्रुबाहक बस पल्टिँदा पाँच जनाको मृत्यु, २८ घाइते

अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइतबार एक यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य २८ जना घाइते भएका प्रान्तीय प्रहरीले जनाएको छ । 

 प्रान्तीय राजधानी कुन्दुज बाहिर आइतबार बिहान भएको सडक दुर्घटनामा परी महिला र बालबालिकासहित पाँच जनाको मृत्यु हुनुका साथै अन्य २८ जना घाइते भएका हुन् ।

प्रान्तीय सूचना तथा संस्कृति प्रमुख मतिउल्लाह रोहानीले दुर्घटनाको पुष्टि गर्दै घाइते यात्रुलाई उपचारका लागि अस्पताल लगिएको जानकारी गराए । 

दुर्घटनाका लागि चालकको लापरबाहीलाई जिम्मेवार ठह¥याउँदै रोहानीले सम्बन्धित अधिकारीहरूले राजमार्ग ट्राफिक सुरक्षा सुनिश्चित गर्न कदम चाल्ने बताए । 

पहाडी भूगोल, कमजोर सडक संरचना र चालकहरूद्वारा हुने यातायातका नियम उल्लङ्घनका कारण अफगानिस्तानमा हरेक बर्ष सयौँ यात्रुले अकालमा जीवन गुमाउनेगरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्