२५ असार २०८३, बिहीबार

भारतको रायगढमा विद्यार्थी बोकेको बस दुर्घटना, दुईको मृत्यु

मंसिर २६, २०७९
भारतको रायगढमा विद्यार्थी बोकेको बस दुर्घटना, दुईको मृत्यु

भारतको महाराष्ट्रको रायगढमा विद्यार्थी बोकेको बस आइतबार साँझ दुर्घटना भएको छ । दुर्घटनामा दुई जना विद्यार्थीको मृत्युभएको छ । बसमा ४८ जना विद्यार्थी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

खोपोली थाना क्षेत्रमा सडकमै बस पल्टेको भारतीय प्रहरीले जनाएको छ । बसमा सवार केही विद्यार्थी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । बसको ब्रेक फेल भएर बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनामा परी विद्यार्थी १७ सालका हितिका खन्ना र १६ वर्षीय राजेश महात्रे रहेको प्रहरीले जनाएको छ । 

विद्यार्थीहरु पिकनिक मनाएर फर्कनेक्रममा आइतबार साँझ करिब ८ बजेतिर बस दुर्घटना भएको थियो । दुर्घटनामा पर्ने कक्षा १० का विद्यार्थीहरु थिए । दुर्घटनामा चालक पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्