चौपन्न सन्तानका पिताको नामले परिचित पाकिस्तानी अब्दुल मजीदका निधन भएको छ । हर्ट अट्याक भएर उनको निधन भएको उनका परिवारका सदस्यले जनाएका छन् । ७५ वर्षीय मजीद जीवनमा ६ पटक विवाह गरेका थिए ।
मजीद पहिलो पटक १८ वर्षको हुँदा विवाह गरेका थिए । उनका ६ श्रीमतीमध्ये दुई श्रीमतीको निधन भइसकेको थियो । उनका ५४ सन्तान मध्ये १२ जनाको निधन भएको सञ्चार माध्यमले जनाएका छन् । जीवित ४२ बच्चा मध्ये २२ जना छोरा र २० छोरी रहेका छन् ।
उनका छोरा शाह वलीका अनुसार आर्थिक समस्याले परिवारका सदस्यले बुवाको सही उपचार गराउन सकेनन् । सामान्य आर्थिक हैसियत रहेका मजीदले परिवार पाल्न गाडी चलाउने काम गर्थे । गत वर्षामा आएको बाढीले सो परिवारको घर डुवानमा परेर ठूलो संकट परेको उनका छोरा वलीले बताए । उनीहरु सबै एक घरको छानामुनी बस्दैआएका छन् ।