२५ जेठ २०८३, सोमबार

मतदातासँग गरेकाे प्रतिबद्धता पूरा नगर्दा धेरै राजनीतिज्ञहरूले विश्वास गुमाइसके : प्रदीप पौडेल

मंसिर २६, २०७९
मतदातासँग गरेकाे प्रतिबद्धता पूरा नगर्दा धेरै राजनीतिज्ञहरूले विश्वास गुमाइसके : प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले राजनीतिले धेरै विश्वास गुमाइसकेको बताएका छन् । सोमवार बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ को विष्णुमती किनारमा करिडोर सडकको शिलान्यास गर्दै उनले घोषणापत्र लेख्ने, प्रतिवद्धताहरु व्यक्त गर्ने तर काम केही नहुने स्थिति निरन्तर रहे राजनीतिसँग कोही पनि नजोडिने बताए । 

काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा निर्वाचित पौडेलले विकास निर्माणका काम हुन नसके राजनीतिको ठूलो तहमा पुगेका नेताहरुलाई पनि समाजले सम्मान गर्ने स्थिति नरहने दाबी गरे । उनले भइरहेका, रोकिएका र गर्नुपर्ने कामको सूची बनाएर व्यवस्थित र प्राथमिकताका आधारमा कामहरु अघि बढाउन आफू प्रतिवद्ध रहेको पनि बताए । उनले यसअघि विष्णुमतीमा मापदण्डअनुसार करिडोर बनाउन किन रोकिएको ? भन्दै प्रश्नसमेत गरे । 

नेता पौडेलले करिडोर बनेको खण्डमा रिङरोडको ट्राफिक जाम पनि कम हुने विश्वास व्यक्त गरे । उनले कतिपय सडकमा विद्युत् प्राधिकरणले तार भूमिगत गर्ने भन्दै सडक अलपत्र छोडेको र मेलम्ची खानेपानीका लागि पाइप बिच्छ्याउन सडक खनेर अलपत्र पारेकाले जनताले सास्ती भोग्नुपरेको बताए । उनले बिग्रिएका बाटोहरुको मर्मतका लागि आवश्यक पहल गरिरहेको बताए । 

नेता पौडेलले आफ्नो निर्वाचन क्षेत्रमा बाटो र खानेपानीको समस्या धेरै रहेको बताए । उनले आफूले निर्वाचनको बेलामा जनतासँग गरेका प्रतिवद्धताहरुलाई पूरा गर्नका लागि निर्वाचन क्षेत्रमा रहेका समस्या समाधानको पहलकदमी थालेको पनि बताए । उनले सरकार सञ्चालन गर्ने हरेक दलहरुले एक घर, एक धाराको नीति लिए पनि काठमाडौंमा नै एक घर, एक धाराको नीति लागू गर्न नसकेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्