०५ साउन २०८३, मंगलबार

आजदेखि हट्यो निर्वाचन आचारसंहिता

मंसिर २६, २०७९
आजदेखि हट्यो निर्वाचन आचारसंहिता

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी जारी गरेको निर्वाचन आचारसंहिता हटाएको छ । आयोगले आज (मंसिर २६) गतेदेखि आचारसंहिता हटाएको जानकारी दिएको हो । 

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संवत् २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगबाट जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ मंसिर २६ गतेदेखि लागू नरहने निर्णय भएको छ ।’ 

आयोग गत असोज १२ देखि निर्वाचन आचारसंहिता लागू गरेको थियो ।  


 

salt training

कमेन्ट गर्नुहोस्