भारतको मध्य प्रदेशका कांग्रेस नेता तथा पूर्वमन्त्री राजा पटेरियाले एक सभामा प्रधानमन्त्री नरेन्द्र मोदीका विषयमा आपत्तिजनक बयान दिएका छन् ।
पन्नामा भएको सभामा पटेरियाले लोकतन्त्रलाई बचाउने हो भने मोदीको हत्याका लागि तयार रहनुपर्ने बताए । हत्याको अर्थ पराजय भएको भनी उनले अर्थ्याए ।
उनको यस टिप्पणीप्रति मुख्यमन्त्री शिवराज सिंह चौहानले आपत्ति जनाउँदै भने, ‘यो विद्वेषको पराकाष्ठा हो । घृणाको अति हो । कांग्रेसको असल मनसाय यसबाट प्रकट भएको छ । यस्ता कुरालाई सहन सकिँदैन । कानूनबमोजिम कारवाही हुन्छ ।’
गृहमन्त्री नरोत्तम मिश्राले पटेरियाविरुद्ध जाहेरी दर्ता गर्न निर्देशन दिएका छन् । त्यसपछि पवई थानामा जाहेरी दर्ता भएको छ ।
विवाद बढेपछि पटेरियाले आफू गान्धीवादी भएको र हत्याको कुरा कहिल्यै नगर्ने बताए । आफ्नो बयानलाई बिगारेर प्रस्तुत गरिएको उनको भनाइ छ ।