×

NMB BANK
NIC ASIA

अध्यादेश प्रकरण

विवादास्पद अध्यादेशविरुद्ध कांग्रेस नेताहरूको एक स्वर, अप्ठ्यारोमा प्रधानमन्त्री देउवा

मंसिर २६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

जन्मकैदको सजाय भोगिरेहका रेशम चौधरीलाई रिहाइ गर्न अध्यादेश ल्याउने निर्णय सरकारले गरेपछि सरकारको नेतृत्व गरिरहेको कांग्रेसकै शीर्ष नेताहरूले विरोध गरिरहेका छन् । 

Muktinath Bank

चुनावबाट फ्रेस म्याण्डेडसहितको संसद् आउनै लागेको बेला काम चलाउनको हैसियतमा रहेको वर्तमान सरकारले दीर्घकालीन महत्वको विषयमा अध्यादेश जारी गर्ने निर्णय गनु असंवैधानिक र संसदीय व्यवस्थाको मर्मविपरीत भएका कांग्रेस नेताहरूले बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर चौधरी आजीवन कारावासको सजाय भोगिरहेका छन् । तर, सरकारले भने टीकापुर हत्या काण्डलाई राजनीतिक रङ लेपन गरेर चौधरीको रिहाइका लागि फौजदारी कार्यविधि संहिता संशोधनको लागि अध्यादेश ल्याउने निर्णय गरेको छ । 


Advertisment
Nabil box
Kumari

कांग्रेसका उपसभापति धनराज गुरूङले सरकारले जारी गर्न लागेको अध्यादेशको विरोध गरेका छन् । 

Vianet communication
Laxmi Bank

ट्वीटरमा स्ट्याटस लेख्दै उपसभापति गुरुङले लेखेका छन्, ‘अध्यादेशमार्फत गम्भीर प्रकृतिका विषयहरूको सन्दर्भमा निर्णय लिनु अनुपयुक्त हुन्छ । प्रजातन्त्र भनेकै विधिको शासन हो । विधिको शासनको पक्षमा कांग्रेस सधैं उभिनु पर्छ ।’

कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको निर्णयको विरोध गर्दै तत्काल अध्यादेश फिर्ता लिनुपर्ने भनेका छन् । सोमवार विज्ञप्ति जारी गर्दै उनले अध्यादेशबारे पार्टीभित्र कुनै पनि प्रकारको छलफल नभएको बताएका हुन् । 

थापाले विज्ञप्तिमा भनेका छन्, ‘पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै । त्यसैले विगतमा पार्टीको अडान जे थियो, आज पनि त्यही छ । यो अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत छ । यो असंवैधानिक र संसदीय व्यवस्थाको मर्मविपरीत छ । सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ ।’

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि अध्यादेश फिर्ता हुनुपर्ने बताउँदै आएका छन् । उनले आइतवार साँझ नै ट्वीट गर्दै भनेका छन्, ‘सडकमा छँदा जे सत्य, संसदमा पनि त्यही नै सत्य ! त्यसैले सार्वजनिक दर्ज होस् असहमति ... !’

‘संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनिभूत छलफलको हेक्का नराखिनु सम्पूर्ण रूपले गलत ! कानूनी र राजनैतिक प्रश्न मात्र होइन, यो प्रकरणमा नैतिक प्रश्न पनि जोडिएको छ,’ शर्माले भनेका छन् ।

कांग्रेस नेता डा. शेखर कोइरालाले पनि सरकारको निर्णयको विरोध गरेका छन् । उनले सोमवार फेसबूकमा आफ्नो विचार राख्दै भनेका छन्, ‘अध्यादेशमार्फत कानून संशोधन गरी अदालतले दोषी ठह¥याएकालाई माफी दिने प्रयास गरिनु कानूनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो । आफू अनुकूलको राजनीतिक सहजताका लागि कानूनलाई बंग्याउने छुट कसैलाई छैन । भोलि यसले गलत नजिर बस्न जान्छ ।’
कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि सरकारको निर्णयको विरोध गरेका छन् । उनले भनेका छन्, ‘सबै विषयहरुको उचित हल हतारोमा अध्यादेशमार्फत होइन, नवनिर्वाचित संसदमार्फत खोजौँ ।’ 

अध्यादेश ल्याउनु हिजो पनि गलत भएको र अहिले पनि गलत नै हुने पौडेलको भनाइ छ ।

सरकारले जारी गर्ने भनेको अध्यादेश राष्ट्रपति कार्यालयमा पुगेको छ । राष्ट्रपतिले प्रमाणिकरण गरेपछि अध्यादेश जारी हुन्छ । सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपतिले रोक्न नमिल्ने संवैधानिक प्रावधान छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x