
भारतको अरुणाचल प्रदेशको सीमा क्षेत्रमा भारत र चिनियाँ सैनिकबीच झडप भएको छ। घटनामा दुबै पक्षका सैनिक घाइते भएका छन् । तवाङ सेक्टरमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको बीबीसीले उल्लेख गरेको छ ।
भारतीय टेलिभिजन आजतकको रिपोर्टमा झडप गत शुक्रबार भएको गृह मन्त्रालयलाई उदृत गर्दै जनाइएको छ ।
लद्दाखको गलवान उपत्यकामा १५ जुन २०२० मा दुई देशका सैनिकहरूबीच भएको हिंसात्मक झडपपछि यो पहिलो घटना हो। सो झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो भने चिनियाँ पक्षपनि हताहती भएको दाबी गरिएको थियो ।