×

NMB BANK
NIC ASIA

कांग्रेसका गयानन्द मण्डलले गराउनेछन् प्रदेश १ सभा सदस्यहरूलाई शपथ

मंसिर २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनबाट निर्वाचित भएका प्रदेश १ सभाका सदस्यहरूलाई नेपाली कांग्रेसका गयानन्द मण्डलले शपथ गराउने भएका छन् । प्रदेश १ मा ५६ जना प्रत्यक्ष निर्वाचित सांसद र ३७ जना समानुपातिकबाट निर्वाचित भएकामध्ये उनी जेष्ठ सदस्य हुन् । जेष्ठ सदस्यले पहिले प्रदेश प्रमुखबाट सपथ ग्रहण गर्ने र उनले अन्य प्रदेश सभा सदस्यलाई शपथ गराउने संवैधानिक व्यवस्था छ । 

Muktinath Bank

निर्वाचन आयोगमा उम्मेदवारहरूले बुझाएको विवरणअनुसार मण्डल ७९ वर्षका हुन् । आयोगमा बुझाएको विवरणमा उनी सबैभन्दा जेष्ठ सदस्य निर्वाचित भएको देखिएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सभा सदस्यको अन्तिम नामावली तय भएपछि निर्वाचन आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने छ । उक्त नाम राष्ट्रपति कार्यालयले प्रदेश प्रमुखको कार्यालयमा पठाउने छ । प्रदेश प्रमुखको कार्यालयबाट संसद् सचिवालयमा नाम आएपछि औपचारिक रूपमा ज्येष्ठ सदस्य पहिचान गरिने संसद् सचिवालय प्रदेश १ का सचिव गोपालप्रसाद पराजुलीले बताए ।


Advertisment
Nabil box
Kumari

सांसदहरूको उमेरसहितको व्यक्तिगत विवरण पनि समावेश गरेर प्रदेश प्रमुखको कार्यालयमा नाम पठाइने छ । जेष्ठ सदस्यले प्रदेश प्रमुखसँग शपथ लिनुपर्ने हुन्छ । सचिव पराजुलीका अनुसार संसद् सचिवालयले ज्येष्ठ सदस्य पहिचान गरेर प्रदेश प्रमुखको अनुकूल समय मिलाएर शपथ गराउने छ । प्रदेश प्रमुखकहाँ शपथ ग्रहणपछि जेष्ठ सदस्यले अन्य सदस्यलाई शपथ ग्रहण गराउनेछन् । 

Vianet communication
Laxmi Bank

जेष्ठ सदस्यको रूपमा मण्डलले प्रदेश सभा सदस्यहरूलाई शपथ गराउनुका साथै सभामुख चयन नहुँदासम्म प्रतिनिधि सभा बैठकको नेतृत्व गर्ने अवसरसमेत प्राप्त गर्नेछन् । त्यसपछि मात्रै सभामुख, विषयगत समितिका सभापति चयन तथा कार्यपरामर्श समिति चयन प्रक्रिया आरम्भ हुनेछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x